तीन दिन नेपाल–भारत सीमा नाका बन्द हुने
कपिलवस्तु – नेपाल भारत सीमा ३ दिनका लागि बन्द हुने भएको छ । शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सीमा नाका बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताउनु भयो ।
भारतको उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने चुनावको सुरक्षालाई मध्यनजर गर्दे कपिलवस्तुको सीमा नाका बन्द गरिन लागेको उहांले बताउनुभयो । दुई देशका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुको सहमतिमा सीमा नाका बन्द गर्न लागिएको हो ।
भारतको सिद्धार्थनगर जिल्लासँग सीमा जोडिएका कपिलवस्तु र रुपन्देही अन्तर्गतका नेपाली सीमा नाका तीन दिन बन्द गरिने छ । तर यो अवधिमा बिरामी बोकेका एम्बुलेन्स र अत्यावश्यक काममा दुवै देशका सुरक्षाकर्मीको समन्वय गरी आवत–जावत गर्ने व्यवस्था मिलाइएको अर्यालले बताउनुभयो । तर यो अवधिमा अन्य कुनै प्रकारको ओसार पसार तथा आवतजावत भने पूर्ण रुपमा बन्द रहने छ ।
सीमा क्षेत्रमा कुनै पनि प्रकारका अवैध गतिविधिहरु सञ्चालन हुन नदिन दुवै देशका सीमा क्षेत्रका सुरक्षाकर्मीहरुको संयुक्त गस्ती र निगरानी समेत बढाइएको सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले बताउनुभयो ।
May 9, 2019 11:39 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन