नेपालको मकालु क्षेत्रमा रहस्यमय हिममानवको पाइला भेटियो !
काठमाडौ । नेपालको मकालु हिमालय क्षेत्रमा रहस्यमय हिममानव ‘यति’ को (फुटस्टेप) पाइला भेटिएको छ । मकालु हिमालको आधार शिविरमा उक्त पाईला देखिएको र त्यो यति कै भएको भारतीय सेनाले दाबी गरेको छ । आफ्नो पर्वतारोहण टिमले यतिको पदचिन्ह देखेको भारतीय सेनाको आमसञ्चार विभागले जनाएको हो । विभागको आधिकारिक ट्वीटर ह्यान्डलमा पाइलाको तस्वीरहरु पनि पोष्ट गरिएको छ ।
भारतीय सेनाका अनुसार तस्वीरहरु अप्रिल ९ मा खिचिएको हो । ‘यति’ को पदचिन्हको लम्बाई २.६ फिट रहेको उसले जनाएको छ । फुटस्टेप भन्नाले सामान्य हिँडाईमा दुई वटा पदचिन्हबीचको दुरीलाई जनाउँछ । एउटा वयस्क व्यक्तिको फुटस्टेप औसत २.५ फिट हुन्छ । भारतीय सेनाको दाबी छ, मकालु-बरुण राष्ट्रिय निकुञ्जमा यति देखिएको थियो ।
यतिको अस्तित्वका विषयमा लामो समयदेखि पर्वतारोही र साहसी पर्यटकहरुमा विभिन्न किसिमका अनुमानहरु चल्दै आएका छन् । धेरैले यतीलाई प्रत्यक्ष देखेको दाबी गर्दै आए पनि ठोस प्रमाण पेश गर्न सकेका छैनन् । यतिलाई आधामानव र आधा चिम्पान्जीको रुपमा बुझ्ने गरिएको छ । सन् २०१४ मा एउटा विवादास्पद अध्ययन प्रतिवेदन सार्वजनिक भएको थियो, जसमा भुटान र उत्तरी भारतबाट यतिको भुत्लाको नमूना संकलन गरिएको दाबी गरिएको थियो । वैज्ञानिकहरुले भने यतिको विषयमा ठोस अनुसन्धान गरेका छैनन् ।
May 9, 2019 12:32 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला