नेपालले खरिद गर्यो २ सेट रेल
काठमाडौ । दुई सेट रेल खरिद गर्न रेल विभाग र भारतको सरकारी कम्पनी कोंकण रेलवेज कर्पोरेशन लिमिटेडबीच सम्झौता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार नेपाल र भारतका उच्च सरकारी अधिकारीहरुको उपस्थितिमा खरिद सम्झौता भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीका अनुसार सम्झौतामा २ सेटमध्ये पहिलो सेट ३ महिनाभित्र उपलब्ध गराउने भनिएको छ ।
‘सम्झौता भइसकेपछि उक्त कम्पनीले अग्रिम बैंक ग्यारेन्टी राख्नु पर्ने हुन्छ, त्यसपछि हामीले अग्रिम भुक्तानी स्वरुप पेश्की दिनु पर्ने हुन्छ’, सचिव अधिकारीले भन्नुभयो । पेश्की दिएको मितिबाट १ सय २० दिनभित्र रेलको सेट ल्याउनुपर्ने सम्झौता भएको छ । दोस्रो सेट रेल खरिदका लागि पेश्की रकम दिएको १ सय २० दिनमा उपलब्ध गराउनु पर्ने हुन्छ । भारतीय कम्पनीले रेलको सेट पठाएपछि सञ्चालनमा ल्याइने छ ।
विभागका सिनियर डिभिजनल इन्जिनियर एवं प्रवक्ता अमन चित्रकारका अनुसार जनकपुर–जयनगर खण्डमा रेल सञ्चालनका लागि सेट खरिदको सम्झौता भएको हो । उहा अनुसार पहिलो सेट ३ देखि ४ महिना भित्रमा आउने छ । दोस्रो सेटका लागि भने केही समय लाग्ने छ । रेलको एक सेटमा पाँच वटा डिब्बा रहने छ । ति डिब्बामा एकपटकमा करिब १३ सय यात्रु अटाउने छन् । सरकारले रेलको सेट खरिदका लागि गत चैत्रमा विभागलाई स्विकृत दिएको थियो ।
मन्त्रिपरिषद्ले निर्णय गरी ८४ करोड ६५ लाख खर्चिएर खरिद गर्न सरकारले स्विकृत दिएको हो । भारतको जयनगरबाट कुर्तासम्म ३४ किलोमिटर छ । पहिलो सेट यही सञ्चालनमा आउने छ । कुर्तासम्म रेलको लिकलाई ब्रोडगेजमा स्तरोन्नती गरी सकिएको विभागले जनाएको छ । यो वर्ष कुर्तासम्म रेल सञ्चालन हुने छ ।
May 11, 2019 2:02 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन