अभिनयमा पटक्कै रुचि छैन – मिस नेपाल पिस २०१९ रेश्मा
काठमाडौँ– रेश्मा प्रसाईं ‘मिस नेपाल पिस २०१९’ (मिस नर्स) छैठौँ संस्करणकी बिजेता हुन् । केही दिनअगाडि राजधानीको होटल सोल्टीमा आयोजित प्रतियोगितामा उनले २५ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी थिइन् । काठमाडौँ कीर्तिपुर–१० निवासी २२ वर्षीया प्रसाईं ओम हेल्थ कलेज चावहिलकी बीएससी नर्सिङ पास आउट विद्यार्थी हुन् । ‘सादा जीवन उच्च विचार’ अनुसरण गर्ने उनको पेसा नर्सिङ हो । पेसाको अलवा उनको अर्काे रुचिको विषय समाजसेवा भएको बताउँछिन् । गीत गाउन, नोबल पढ्न, घुम्न विशेष रुचि भएको बताउने रेश्मा प्रसाईंसँग दस प्रश्न ।
‘मिस नेपाल पिस (मिस नर्स)’ को ताज लगाएपछि कस्तो महशुस हुँदोरहेछ ? : यो खुसी कुनै शब्दमा व्यक्त गर्न सक्दिनँ । एकदमै रमाइलो फिल भइरहेको छ । ममा एउटा जिम्मेवारी आएको छ । त्यो सफलतापूर्वक निर्वाह गर्नुपर्छ भन्ने लागेको छ ।
सौन्दर्य प्रतियोगितालाई कसरी लिनुहुन्छ ? : मानिस सबै सुन्दर हुन्छन् भन्ने मेरो धारणा हो । सौन्दर्य प्रतियोगिताले मानिसको बाहिरी मात्र नभएर भित्री सौन्दर्यको पनि उजागर गर्ने गर्छ ।
प्रतियोगितापछि आफूमा पाएको परिवर्तन ? : ‘मिस नेपाल पिस’मा भाग लिन्छु भनेर सोच्दैमा ममा एक किसिमको परिवर्तन आइसकेको थियो । पहिले म धेरै बोल्न सक्दैन थिएँ । भीडभाडमा बोल्न गाह्रो पथ्र्याे । अहिले मेरो कन्फिडेन्ट लेबल धेरै बढेको छ । मानिसको भीडमा पनि बोल्न सक्छु । आफ्नो पर्सनालिटी धेरै परिवर्तन पाएको छु ।
मनपर्ने खाना ? : दालभात तरकारी नै हो । खाजामा झोल मम मीठो लाग्छ ।
मनपर्ने सवारी ? : हिँड्न नै मनपर्छ । त्यसपछि पब्लिक गाडी रुचाउँछु ।
सपना ? : नर्सिङ प्रोफेसर बन्ने सपना छ ।
रुचि ? : पढ्न, म्युजिक, घुमघाम र भीजे बन्न रुचि छ । समाजसेवातिर पनि रुचि छ ।
कस्तो केटी ? : सिम्पल छु । नोबलहरु पढ्न मन पराउँछु । म्युजिकतिर रुचि छ । घुम्न बढी मनपर्छ ।
अभिनयमा आउने सम्भावना छ ? : छैन, छैन । अभिनयतिर मेरो पटक्कै रुचि छैन ।
जीवन के हो ? : जीवन एउटा यात्रा हो । यो यात्राको क्रममा हामीले धेरै कुरा सिक्दै, अनुभव गर्दै जान सक्छौँ । सिकाइ र भोगाइले हामीलाई राम्रो व्यक्ति र व्यक्तित्व निर्माणमा सहयोग गर्ने गर्छ ।
May 11, 2019 6:32 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन