बिना बेहुली बेहुलाको मात्र बिहे, २ सय जना जन्ती, ८ सय जनालाई बिहेभोज
एजेन्सी। विवाहको लागि बेहुला र बेहुली दुवै हुनुपर्छ । तर, हालै एउटा यस्तो विवाह भयो जहाँ बेहुला मात्र थिए बेहुली थिइनन् । तैपनि यो विवाह धुमधामसँग भयो । बिहेमा २ सय जना जन्ती गए र ८ सय जनालाई बिहेभोज दिइयो । घटना गुजरातको हिम्मतनगरको हो ।
दैनिक भास्करको समाचारअनुसार २७ वर्षका अजय बरोटको सपना धुमधामले बिहे गर्ने थियो तर उनी मानसिक रुपमा कमजोर थिए । मनसिक अपांग भएकोले उनले बिहेको लागि बेहुली पाउन सकिरहेका थिउनन् तर कसैको बिहेमा जाँदा उनी आफूले पनि त्यस्तै गरी विवाह गर्ने इच्छा देखाउँथे । उनले यसबारेमा परिवारसँग पनि कुरा गर्थे । धेरै कोसिस गर्दा पनि बेहुली पाउन नसकेपछि उनको परिवारले बिना बेहुली अजयको इच्छा पूरा गर्ने निर्णय गरे ।
बिहेको दिन उनलाई बेहुला बनाएर सजाइयो । त्यसपछि उनलाई घोडामा बसालेर गाउँ घुमाइयो । उनको जन्तीको रुपमा २ सय जना सहभागी भए । घरनजिकै सामुदायिक भवनमा भव्य भोजको आयोजना गरियो जहाँ करिब ८ सय जना सहभागी भए । अजयका पिता विष्णुले उनका लागि बेहुली खोज्न असम्भवजस्तै भएकोले बिना बेहुली उनको इच्छा पूरा गरिएको बताए ।
May 14, 2019 5:50 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला