दहीसँग खानै नहुने यी चिजहरु !
दूधबाट बनेको परिकारलाई दही भनिन्छ । दही जाडोमा भन्दा गर्मीमा धेरै खाइन्छ । दही खानु धेरै व्यक्ति मन पराउँछन् भने कम मात्रामा दही खान मन नपराउनेहरू पनि पाइन्छ । गर्मीमा यसको सेवनले शरीरमा शीतलता प्रदान गर्ने भएकै कारणले पनि मानिसहरू यसलाई गर्मीमा धेरै खान मन पराउँछन् । दहीको माग गर्मी मौसममा निकै बढ्छ भने जाडोमा घट्छ ।
हाम्रो स्वास्थ्यलाई दही सेवन गरेमा निकै फाइदा जनक साबित हुन्छ । बढी जसो मानिसहरूलाई दही सँग केही मिसाएर खाने आदत हुन्छ l तर, सबै खानेकुरा दही सँग मिसाएर खानु हाम्रो स्वास्थ्य लागी उचित हुँदैन l जस्तै केही चिजहरू दहीसँग एकसाथ खाँदा शरीरमा टक्सिन बन्न थाल्छ । फलस्वरूप उल्टी हुने, पेटमा गडबड हुनेजस्ता लक्षण देखा पर्छन् ।
दहीसँग खानै नहुने यी चिजहरु ।
केरा र दही : केरा र दही मिसाएर खानाले स्वास्थ्यमा खराबी हुन्छ । यदि खानै परे पनि २ घण्टाको फरक पारेर मात्र खानुपर्छ ।
चीज र दही : आयुर्वेदले चीज र दहीलाई पनि एकैसाथ खान वर्जित गरेको छ । यिनलाई एकै पटक खाँदा शरीरमा नकारात्मक असर गर्छ ।
मासको दालसँग दही : मासको दाल र दही एकसाथ खानु भनेको विष सेवन गरे सरह हो । भुलेर पनि यिनलाई एकसाथ खानुहुँदैन ।
आँप र दही : गर्मी फलको राजा मानिने आँप हो । भुलेर पनि आँप र दही एकसाथ खानु हुँदैन किनभने यी दुइटाको स्वभाव विपरीत हुन्छ । दही शीतकारक हुन्छ भने आँपले गर्मी गराउँछ तसर्थ एकसाथ सेवन गर्दा शरीरमा टक्सिन निर्माण हुनसक्छ । यी दुई खानेकुरा एकै साथ सेवन गर्नाले शरीरमा टक्सिन निर्माण हुनसक्छ । किनकि दुई विपरीत हुन्, एउटा शीतकारक हुन्छ भने आँपले गर्मी हुन्छ l सो कारण यी दुई खानेकुरा सँगै सेवन नगरौँ l
– मेडिकल रिपोर्टहरुको सहयोगमा
May 15, 2019 7:43 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला