याद राख्नुहोस् यस्ता पाहुनाले घरमा समस्या लिएर आउने गर्छन्, त्यसैले भूलेर पनि बोलाउनु हुँदैन
नेपाली सभ्यता र सस्कृतिमा अतिथिलाई भवानको दर्जा दिने गरिन्छ । तर हरेक अतिथि भगवान हुन सक्दैनन्, केहीले आफ्नो साथमा विपत्तिहरू या समस्याहरू लिएर आउँछन् । मनुस्मर्ति मा यसको चर्चा गरिएको छ । मनुस्मृतिमा वर्णित एक श्लोक (पाषण्डिनो विकर्मस्थान्बैडालव्रतिकांछठान्। हैतुकान्वकवृत्तींश्च वाड्मात्रेणापि नार्चयेत्।।) को अनुसार कपटी एवम् जाली, धूर्त-चलाक, स्वार्थी तथा धर्मशास्त्रमा विश्वास नराख्ने मानिसलाई कहिलै अतिथि बनाउनु हुँदैन ।
कपटी एवम् जाली अतिथि : कपटी मानिसको सधैँ दुई अनुहारका हुने गर्दछ । यस्ता मानिसहरूले भित्रीले विचारले कसैको हित नचाहेपनि बाहिरी व्यवहार यस्तो गर्दछन् कि तपाईको लागि यो भन्दा ठूलो हितैषी मित्र अरू हुनै सक्दैनन् । यस्ता मानिसलाई धर्म र मानवतामा कुनै विश्वास हुँदैन । यसकारण आफ्नो आवश्यकता या हितका लागि यस्ता मानिस कुन बेला तपाईको दुश्मन बन्न पुग्दछन्, तपाईलाई नै थाहै हुँदैन । यस्ता मानिसले तपाईको पहिले विश्वास जित्ने गर्दछन् र पछी धोका दिने गर्दछन् । यसकारण तपाई चाहेर पनि बँच्न सक्नुहुन्न । यदि यस्ता मानिस तपाईको घरमा छन् भने यिनीहरूको उद्देश्य अझ सजिलै सफल हुन्छ । यस्तो अवस्थामा तपाईको हार निश्चित हुन्छ ।
धूर्त तथा चलाक : यस्ता किसिमको मानिसले तपाईलाई कुनै अन्य कुरामा अल्झाएर कुन बेला आफ्नो काम पुरा गर्दछन्, जसको जानकारी तपाईलाई नै थाहा हुँदैन । यिनीहरूको चलाकीले तपाईको नोक्सान पनि हुनसक्छ । यसकारण यदि तपाईलाई कसैको यस्तो स्वभाव बारे थाहा भएमा भूलेर पनि अतिथिको रूपमा यिनीहरूलाई घरमा राख्नु हुँदैन ।
स्वार्थी अतिथि : स्वार्थी मानिसहरू बिना उद्देश्य तपाईको घरमा कहिलै आउँदैनन् । यसकारण यदि कोही स्वार्थी व्यक्ति तपाईको घर अतिथि बनेर आएमा सबैभन्दा पहिले यो बुझ्नुहोस् कि उ अवश्य कुनै फाइदाको लागि तपाई कहाँ आएको छ । यस्ता मानिसलाई आफ्नो घरको अतिथि बनाउनु तपाईको लागि यसकारण नोक्सानदायक छ किनकी आवश्यक परेमा आफ्नो स्वार्थको लागि यिनीहरूले तपाईको घरमा भैरहेको नोक्सानलाई पनि वेवास्ता गर्ने गर्दछन् ।
May 17, 2019 5:38 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला