‘सामाजिक सञ्जालको दुरुपयोगले विकृति बढ्दै’
काठमाण्डाै – नेपाल प्रहरीले सामाजिक सञ्जालको दुरुपयोगले समाजमा विकृति र आपराधिक क्रियाकलाप बढ्दै गएको बताएको छ ।सही रुपमा सामाजिक सञ्जालको प्रयोगले फाइदा पुग्ने भए पनि दुरुपयोगका कारण विभिन्न नकारात्मक घटना निम्तिएको भन्दै प्रहरीले सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाण्डाैका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले यस्ता विकृति र अपराध रोकथामका लागि नै समुदाय–प्रहरी साझेदारी कार्यक्रम आएको उल्लेख गर्दै अपराधको प्रवृत्ति परिवर्तन भइरहेको जानकारी दिनुभयो ।
शनिबार महानगरीय प्रहरी वृत्त कालीमाटी र सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वरको संयुक्त आयोजनामा सुरक्षा सुदृढीकरणसम्बन्धी अन्तरक्रियामा उहाँले समुदायको सहयोग प्राप्त भएमा यस्ता अपराध नियन्त्रण गर्न सफलता हासिल गर्न सकिनेसमेत बताउनुभयो ।
समाजमा हुने अपराध रोकथाम तथा न्यूनीकरणका लागि समुदाय र प्रहरीबीच सहकार्य गर्ने विषयमा शनिबारै चन्द्रागिरिमासमेत अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । आजै गोंगबुमा समेत सामाजिक विकृति, विसङ्गति न्यूनीकरणसम्बन्धी कार्यक्रम गरिएको छ ।
May 19, 2019 10:19 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन