गर्मी मौसममा किन मेवा खाने ? यस्ता छन् अचुक फाइदा !
काठमाडौं । काठमाडौं उपत्यका लगाएत मुलुकका विभिन्न ठाउँमा ह्वात्तै गर्मी चढिसकेको छ । यस्तो गर्मी मौसममा स्वस्थ्य रहन खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । साथै गर्मी मौसममा विभिन्न फलफूलको सेवन गर्नु लाभदायी मानिन्छ ।गर्मीको सिजनमा पाइने फलफूलमध्ये मेवा पनि एक हो । मेवा जा–कोहीलाई पनि मन पर्छ । तर तपाई हामी मध्ये धेरैले यसको महत्व नै नबुझी प्रयोग गरिरहेका हुन्छौँ । मेवाका स्वादका कारण प्रभावित बनेका तपाई हामीले जान्नै पर्ने र आफ्नो दैनिक आहारामा छुटाउँदै नहुने मेवाका विशेषताहरू यस्ता छन् ।
थोरै क्यालोरी, धेरै पौष्टिक तत्व भएको यो गुनिलो फललाई मोटोपन घटाउन प्रयास गरिरहनु भएका मानिसहरूले आहाराको रुपमा लिन सक्नुहुन्छ । कब्जियत र अपच भएको बेला मेवाको सेवन गर्नाले राहत मिल्छ । टुक्रा पारिएको मेवाले छालाको घाउ र चोटपटक लागेको ठाउँमा लगाएमा निको पार्छ । यदि मेवा सही मात्रामा खाने गरेमा यसले मानिस शरीरको रोगविषहरुबाट छुटकारा दिन्छ । यसको नियमित प्रयोगले क्यानसर हुनबाट समेत जोगाउँछ । मेवाले कपाल बढाउनमा समेत मद्दत गर्छ ।
यस्ता छन् अन्य फइदाहरुः
- जन्डिसका बिरामीले मेवाको नियमित सेवन गर्नु फाइदाजनक छ । यसले कलेजोलाई क्रियाशील बनाउन मद्दत पनि गर्छ ।
- मेवा गाउँघरमा समेत सहजै फलाउन सकिने सस्तो फल पनि हो । मेवामा भिटामिन बी पनि पर्याप्त पाइन्छ । यसले शरीरमा फोलिक एसिड, तथा भिटामिन बी का विभिन्न
रुपहरुको कमी हुन दिँदैन । - मेवाको बियाँमा जिवाणु प्रतिरोधी गुण हुन्छ । मेवाको बियाँ पिँधेर घाउमा लगाउँदा घाउमा थप संक्रमण हुन दिदैन र घाउ छिटै निको हुन्छ ।
- मेवामा प्रशस्त मात्रामा भिटामिन ए पाइने भएकोले यसको नियमित सेवनले आँखा तेजिलो बनाउँछ । साथै यसले रगतलाई सफा पनि बनाउँछ ।
- यसमा पर्याप्त फाइबर पाइने भएकाले कब्जियत तथा अन्य पाचन प्रक्रिया सम्बन्धि समस्या समाधान गर्न मद्दत गर्छ ।
- मेवाको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
- मेवाको नियमित सेवनले कलेजोलाई स्वस्थ राख्नुका साथै छालालाई पनि सुन्दर तथा स्वस्थ राख्न मद्दत गर्छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला