संयुक्त तीन किराती सस्थाहरुले उभौली यक्या तङ्नाम सालिवा स्यादर पिदर जुन ७ मा मनाउदै।
कुवेत- मे २० कुवेत ।”भाषा संस्कार संस्कृतिकी संरक्षन किरातहरुको साझा अभियान” सम्बर्द्वन गर्ने, गराउने उद्देश्यले सामुहिक रुपमा कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा कुबेत, किरात याक्थुङ चुम्लुङ कुबेत र सुनुवार सेवा समाज कुबेतले एकैसाथ उभौली यक्या तङ्नाम सालिवा स्यादर पिदर जुन ७ मा मनाउने यायोक्खा कुवेतका अध्यक्ष मन्जित राईले जानकारी दिएका छन ।
वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कुवेतमा रहेर कार्यरत किराती समुदायहरुले कला र संस्कृतिलाई जगेर्ण गर्दै विविध कार्यक्रम गरि सुरुवातका वर्षहरुमा आ आफ्नो संस्थाले छुट्टा छुट्टै कार्यक्रम गर्दै आएता पनि बिगत केहि बर्ष यता भने “भाषा, संस्कार र संस्कृतिको संरक्षण! किरातिहरुको साझा अभियान!!” भन्ने मुल नाराका साथ यी तीन किराती संस्थाहरुले किरातीहरुको चाड संयुक्तरुपमा आयोजना गर्दै कार्यक्रमहरुमा नेपालबाट ख्याती प्राप्त आमान्त्रीत अतिथि कलाकारहरुको साथमा मनाउँदै आएता पनि यसपालि भने स्थानिय कलाकारहरुको साथमा बिभिन्न संस्कृतिक झाँकीका साथ कार्यक्रम मनाउने गरि तयारिमा जुटेको अध्यक्ष राईले बताएका छन्।
फर्वानियाको युनिक अडिटोरियम हलमा (अल-हैतम रेष्टुरेण्ट पछाडी) आयोजना गरिने कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनु हुन आयोजकले सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई अनुरोध गर्दै चुले निम्तो दिएको छ ।
कार्यक्रम: उभौली यक्या तङ्नाम सालिवा स्यादर पिदर साथै स्थानीय कलाकारहरुको जोडदार प्रस्तुति रहने
मिति: ०७ जुन २०१९
स्थान: युनिक अडिटोरियम हल फर्वानिया
समय: बिहान ११ बजे
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन