क्यान्सर र पाइल्सका लागि मूला लाभकारी, यस्ता छन् मूलाका गुणहरू
मूलालाई काँचै सलाद, अचार तथा पकाएर तरकारी खाएमा वा यसका पातको तरकारी बनाएर खाएमा हाम्रो शरीरमा निकै लाभदायक हुने गर्छ ।मूलामा पाइने पोटासियम, सोडियम, डाइट्री फाइबर्स तथा भिटामिन ’सी’ले हाम्रो शरीरका लागि चाहिने एन्टी अक्सिडेन्टको पनि पर्याप्त मात्रामा उत्पादन गर्छ । यस कारण हामीमा विभिन्न रोगहरु संग लड्नका लागि शक्ति प्रदान हुने गर्छ ।
यसले हाम्रो पाचन प्रक्रियालाई नियमति गर्ने तथा कब्जियतको समस्या कम बनाउनुका साथै शरीरबाट निष्काशन हुने दिसालाई मुलायम गर्न सहयोग गर्दछ । यसले रक्तचाप सन्तुलित बनाएर उक्तरक्त चापबाट बच्न पनि मद्दत गर्दछ ।यसले रगतमा ग्लुकोजको मात्रा नियन्त्रित गरी मधुमेह तथा कोलेस्टेरोलको मात्रा पनि कम गर्छ । मूला तथा सागपातको नियमित सेवनले खासगरी पेट र आन्द्राको क्यान्सरको जोखिम कम हुने गर्छ ।
मूलामा प्रसस्त मात्रामा पानी पाइने हुदा यसको सेवनले शरीरमा चाहिने पानीको मात्रा पर्याप्त पुगेर यसले मृगौला जन्य रोगको जोखिम पनि घटाउँछ । मूलाको सेवनले दमको रोगिहरुको स्वासनलीमा हुने एलर्जीको समस्या कम गर्छ ।साथै यसले वजन नियन्त्रण गर्नुका साथै मोटोपना घटाउन समेत सहयोग गर्ने गर्छ । मूलाको नियमित सेवनले हाम्रो छालामा हुने विभिन्न खाले संक्रमणको जोखिम घटाउनुका साथै हाम्रो अनुहार तथा छालालाई स्वस्थ राख्न मद्दत गर्दछ ।
मूलाको रस सेवन गर्ने र मूलाकै रसले मुख कुल्ला गर्ने गर्नाले गिजाबाट रगत आउने समस्या घटाएर मुख गन्हाउने तथा गिजामा संक्रमण भएर रगत बग्ने समस्या समेत कम गराउछ । यसले हाम्रो दाँतलाई समेत स्वस्थ र चम्किलो बनाउन मद्दत गर्छ ।मूलाको नियमित र सही प्रयोग गर्ने हो भने यसले पाइल्ससम्बन्धी हुने विभिन्न समस्याहरुलाई एक महिनामै समाधान गराउनुका साथै हामीलाई पाइल्स लाग्नबाट समेत बचाउने क्षमता मूलामा रहेको चिकित्सकहरु बताउने गर्छन् ।
May 23, 2019 11:21 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो