छोरी लिन आएका ज्वाईसँग सासुआमा नै भागेपछि
काठमाडौ । हाम्रो छिमेकी मुलुक भारतमा हरेक दिन नयाँ र फरक घटनाहरु भइरहेका हुन्छन् । यो बिचमा उत्तर प्रदेशस्थित कानपूर जिल्लामा अधबैंसे दुलाहा (बेहुला) लाई देखेपछि दुलही (बेहुली) ले विवाह गर्न अस्विकार गरेको खबर आएको छ । भारतीय मिडियाका अनुसार दुलहीले दुलहातर्फ माला फ्याँक्दै चिच्याउँदै भनिन्, ‘ममाथि धोका भएको छ ।’
समाचार अनुसार दुलहीको यस्तो व्यवहार देखेपछि त्यहाँ उपस्थित पाहुना, जन्ती अचम्मित भए । त्यतिबेला आमाले छोरीलाई ठूलो दबाब दिइन् तर उनले मानिनन् । रिपोर्टका अनुसार निकै सम्झाएपछि पनि जब छोरी मानिनन् तब दुलहीकी आमा नै दुलहासँग आगरा गइन् ।१७ वर्षीया दुलहीले यसै वर्ष १२ कक्षाको परीक्षा दिएकी छिन् । ती युवतीकी आमाले आगरामा बस्ने आफ्नी काकीकी नन्दका छोरासँग उनको सम्बन्ध तय गरेकी थिइन् ।
मार्च १० तारिखको बेलुकी आगराबाट दुलाहा जन्ती लिएर दुलहीको घर पुगे । जब दुहली वरमाला लिएर स्टेजमा पुगिन् तब दुलहालाई देखेर भड्किइन् । ती युवती आफूमाथि धोका भएको भन्दै चिच्याउन थालिन् । परिवारले के कारणले विवाह गर्न नखोजेको भनेर सोध्दा उनले ‘जस्तोसुकै स्थिती भएपनि म यो बुढासँग केटासँग विवाह गर्दिनँ’ भन्दै रुन थालिन् । दुलहीले विवाह अघि जुन केटाको तस्वीर देखाइएको थियो त्यो उनी नभएको बताइन् ।
छोरीले दुलाहा अस्विकार गरेपछि भोलिपल्ट बिहान, जे भयो त्यो थप चकित पारिदिने किसिमको भयो । जब छोरीलाई विवाहका लागि मनाउन सकिनन् तब आमा नै सबैलाई छोडेर आफैं दुलहासँग आगरा गइन् । बेहुलीका अनुसार तीन वर्षअघि उनको पिताको मृत्यु भएको थियो । उनका एक बहिनी र एक भाइ छन् । अहिले छोरी बिहे गर्न दुलाहा बनेर गएको केटासँग आमाले नै बिबाह गरेर घरजम गरिरहेकी छिन् । एजेन्सी
May 23, 2019 5:25 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला