कपाल तथा छालाको सौन्दर्यको लागि तोरीको तेल उपयोगी
हामीले तोरीको तेललाई हाम्रो भान्सामा दैनिक तरकारी पकाउन वा अन्य विभिन्न कामका लागि उपयोग गर्छौं । तोरीको तेलमा धेरै यस्ता तत्व पाईन्छ, जो स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । साथै यसलाई दुखाई निवारकको रूपमा पनि प्रयोगमा गर्न सकिन्छ । तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट (मुफा), २१ प्रतिशत पोलीअनस्याचुुरेटेड फ्याट (पुफा) र १२ प्रतिशत स्याचुुरेटेड फ्याट पाइन्छ । यस्ता फ्याट तथा चिप्लो पदार्थ मुटुको धमनकिा भित्तामा गएर बस्न सक्दैन र यसले मुटु रोगको खतरा ५० प्रतिशतले कम गर्न मद्दत पुर्याउछ ।
तोरीको तेलले खराब कोलेस्टेरोल घटाई र असल कोलस्टेरोल बढाउँछ मद्दत गर्छ । विभिन्न अनुसन्धानहरु बाट तोरीको तेलमा क्यान्सर विरुद्ध लड्ने तत्व पाइएको प्रमाणित भएको छ यसको सेवनले पेट तथा कोलोन क्यान्सरको रोकथाम गर्छ । यसले पाचन प्रणालीमा सुधार ल्याउँछ ।तोरीको तेलले छालामा मसाज गर्दा रक्त सन्चार प्रणालीलाई सक्रिय गर्दै जोर्नी दुख्ने र बाथको समस्या निको हुन्छ । रुघा लागेको बेलामा तातो पानीमा जिरा र केही चम्चा तोरीको तेल हालेर बाफ लिने गर्दा यसले श्वासप्रश्वास नली तथा घाँटीलाई सफा पारेर रुघा निको पार्छ ।
तोरीको तेलको उपयोगले दमको आक्रमणलाई रोक्न सकिन्छ । तोरीको तेलले रौं छिद्रलाई खोलेर छालाबाट विषालु तत्त्वलाई बाहिर निकाल्छ । यसले रिङ्कल तथा एजिङको समस्याबाट पनि जोगाउँनुका साथै हाम्रो अनुहार तथा छालामा भएको ट्यान र डार्क स्पट्सलाई हटाउँछ ।तोरीको तेलल अत्यन्त राम्रो सनस्क्रिन हो जसले हाम्रो छालालाई सुख्खा हुन नदिकन इन्फेक्सन र र्यासेजबाट जोगाउँछ । तोरीको तेलले केशलाई असमयमा सेतो हुनबाट जोगाउँछ । केशलाई तोरीको तेल प्रयोग गरी मालिस गर्नले मष्तिष्कको कार्यक्षमता बढाउनुका साथै कपालमा चायाँ पर्न नदिकन कपाल झर्नबाट जोगाउँछ ।
May 25, 2019 3:21 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला