सम्झनाले गरिन् २२ महिने छोराकाे हत्या
7 years अगाडी
Susma Dhakal
१४ जेठ, भोजपुर । भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा २२ महिने बालकको आफ्नै आमाले हत्या गरेकी छन् । २५ वर्षीया सम्झना थापाले २२ महिनाको छोरा सम्बोधनको हत्या गरेकी हुन् । उनले मंगलबार बिहान ७ बजेतिर घरको छतमा लगेर खुकुरीले घाँटी छिनाएर हत्या गरेकी हुन् ।
रामप्रसाद राई गाउँपालिका वासिखोरा घर भएकी सम्झनाको परिवार पानीट्याङ्की टोलमा भेनाजुको घरमा बस्दै आएको थियो ।लघुवित्त कम्पनीमा काम गर्ने बालकका बाबु सूर्यबहादुर थापा भने कार्यालयको कामले सदरमुकाम वाहिर गएको पाइएको भोजपुरका प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेले बताए ।प्रहरीले हत्यारा सम्झनालाई पक्राउ गरेको छ । घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
May 28, 2019 11:04 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...