नेपाल तामाङ घेदुङ पूर्वी क्षेत्रीय समिति साउदी अरबको दोस्रो भेला हुने ।
शुक्र मोक्तान,
नेपाल तामाङ घेदुङ पूर्वी क्षेत्रीय समिति साउदी अरबले दोस्रो भेलाको तयारी गर्दै छ । भेला यहि आउदो जुन ६ तारीख बिहिवार दमामको सिको गार्डन् अगाडि रहेको होलिडेज होटेलमा भेला गरिने भएको हो ।
मुस्लिम समुदायको चाड इदको छुट्टीको अवसर पारेर आयोजना गर्न लागिएको उक्त भेलाका संयोजक जेनकुमार लामाले जानकारी दिए । उनले साउदीको जेद्धामा यसअघि घेदुङको शाखा गठन भैसकेको बताए । साउदी अरब भौगोलिक रूपमा ठुलो रहेकाले र तामाङ समुदाय छरिएर रहेकोले आफुहरुले क्षेत्रीय समिति गठन गरि अघि बढ्न लागेको छौ, उनले भने ।
आफ्नो भाषा,लिपी,धर्म,संस्कार,शिक्षा लगायतको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले गर्न लागिएको भेलामा साउदी अरबको पुर्वी प्रान्त दमाम,जुवेल,खोबार लगायत राजधानी रियादबाट समेत सहभागीट हुने संयोजक लामाले बताए । भेलालाई ऐतिहासिक रुपमा सफल बनाउन आग्रह गर्दै लामाले तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुलाई सहभागीताका लागि अनुरोध गरेका छन् ।
भेलाबाट विभिन्न बिभागहरुको संयोजक तोकिने छ ।
May 29, 2019 10:27 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन