शाकाहारी गर्भवती महिलालाई हुन सक्छ, भिटामिन बी १२ को कमी
झापा । घरमा यदी कोही गर्भवती भएको छ भने हामी मध्ये धेरैले गर्भवतीलाई माछामासु खान कर गरिरहन्छौँ । पक्कैपनि आउने सन्तती र गर्भवती महिलाको स्वास्थ्यको दृष्टिकोणले माछामासु खानु अर्थात पौष्टिक तत्व मिलाएर सन्तुलित भोजन गर्नु उपयुक्त हुन्छ । गर्भवती महिलले जे खान्छिन् त्यो सिधै पेटमा रहेको बच्चालाई पुग्ने गर्छ । यही कारण डाक्टरहरुले गर्भवतीलाई भरपुर मात्रामा प्रोटिन र भिटामिन खान सल्लाह दिन्छन् । सोच्नुहोस् त यदी कोही शाहाकारी महिला गर्भवती छिन् भने उचित पोषक तत्वको व्यबस्थापन कसरी गर्ने ? , हामी मध्ये धेरैलाईलाई भिटामिन र प्रोटिन माछामासुबाट मात्र पाइन्छ भन्ने भान हुन सक्छ ।
तर यस्तो हैन् , शाकाहारी भोजनबाट पनि गर्भवती महिलाले त्यती नै मात्रामा पौष्टिक तत्व लिन सक्छिन् । शाहाकारी भोजन गर्ने महिलाहरुले प्रोटिनकोलागि दुधजन्य पदार्थ, फलफुल, बदाम, काजु, किसमिस, पिस्ता, ओखर आदी खानु उपयुक्त हुन्छ । जसले गर्दा गर्भमा शिशुको बिकाससंगै शरीरका विभिन्न अंगहरु तथा हड्डि बन्न सहज हुन्छ । प्रोटिनकै अभावका कारण नवजात शिशुहरुमा देखिन धेरै समस्या यी फलफुल तथ दुधजन्य पदार्थले हटाउन सक्छ । यस्तै आयरनको पुर्तिकोलागि गर्भवती महिलाले गहुँ, जौँ, मकै जस्ता बस्तुको उपभोग गर्नु उपयुक्त हुन्छ । अनि सोयाविन, पनीर, दाल, हरियो सब्जी, आदीमा पनि आयरनको मात्रा हुने हुदाँ यस्ता तरकारी हरेक दिन भान्सामा पकाउदा फाइदा हुन्छ । तर कफि या चिया धेरै सेवन गर्ने बानी छ भने त्यो चाँही हटाउनु पर्छ ।
क्याल्सियम तथा भिटामिन डीको मात्रा पुरा गर्न दुध दही तथा फलफुलको जुस पिउनु उत्तम हन्छ । क्याल्सियमले शिशुको हड्डि बनाउने काम गर्छ । क्याल्सियमको मात्रा कम भएमा शिशु कमजोर हुन्छ । अनि शरीरमा भिटामिन डीको पर्याप्त मात्रा भएमात्रै क्याल्सियमले काम गर्छ ।
गर्भावस्थामा महिलाहरुलाई भिटामिन बी १२ को समेत आवस्यक पर्छ ।
भिटामिन बी १२ निक्कै नै कम शाकाहरी आहारामा पाइन्छ । यही कारण शाकाहरी महिलाहरुमा यसको कमी भएको पाइन्छ । त्यसैले यदी घरमा कोही शाहाकारी महिला गर्भवती छन् भने सोयामिल्क, सोयाबडी तथा भैँसीको दुध समेत सेवन गर्न लगाए यस्को पुर्ति हुन्छ । फोलिक एसिड पनि गर्भवती महिलाहरुलाई धेरै आवस्यक तत्व हो । यसकोलागि हरियो पत्ता भएका साग, होल ग्रेन ब्रेड, होल ग्रेन पास्ता, गेडागुडी र अमिला फलको सेवन गर्न उपयुक्त हुन्छ ।
May 31, 2019 10:05 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला