थाेरै अण्डा स्वास्थ्यका लागि फाइदाजनक, धेरै खाए के हुन्छ ?
अण्डा स्वास्थ्यका लागि फाइदाजनक छ । अण्डामा भिटामिन ए, बी, बि १२, डी, इ, के, फस्फोरस, सेलेनियम, भिटामिन तथा जिंकलगायत पोषक तत्व पाइन्छ ।विज्ञहरुका अनुसार एउटा अण्डामा यति धेरै पौष्टिक पदार्थ हुन्छ । जसले एउटा कोषलाई चल्लामा बदल्न सक्छ । अण्डामा मानिसलाई चाहिने सबै जसो पोषक तत्व पाइन्छ । क्याल्सियम, आइरन तथा प्रोटिनजस्ता तत्वले भरेको अण्डाको सेवनले हाम्रो शरीरमा चाहिने दैनिक पौष्टिक तत्वको मात्रा पूर्याउन सहयोग गर्छ ।
अण्डा खाएमा मोटाइन्छ भन्ने मान्यता रहे पनि यो साचो नभएको अध्ययनले प्रमाणित गरिसकेको छ । अण्डाले दुब्लालाई मोटाउन भन्दा पनि मोटोपनाबाट पीडित मानिसहरुलाई तौल घटाउन सहयोग पुग्छ । बिहानको ब्रेकफास्टमा अण्डा खानाले हामीलाई दिउँसो भोक कम लाग्छ जसले गर्दा थोरै खानाले पुग्ने भएकाले मोटोपनाबाट पीडित भएका मानिसहरुलाई वजन घटाउन तथा तौल नियन्त्रण गर्न सहयोग गर्छ ।
अण्डामा हुने तत्वले तनाब तथा डिप्रेशन घटाउनका साथै उक्त रक्तचाप, मुटुरोग, हृदयाघात लगायतका विभिन्न रोगको जोखिम कम गर्दछ । अण्डामा पाइने टाइरोसिन नामक एमिनो एसिडले मस्तिष्क तथा स्नायुको चेतनामा वृद्धि गरेर हाम्रो दिमाग तेजिलो बनाउन मद्दत गर्छ । दैनिक अण्डा खाने गरेमा रतन्धो तथा छिटै दृष्टि कमजोर भएर दृष्टिवीहिन हुने जोखिमलाई कम गर्छ । एक वयस्क व्यक्तिले दिनमा ३ वटासम्म अण्डा खान उपयुक्त हुन्छ । यो भन्दा बढी खाएमा हाम्रो शरीरमा दुई या तीन गुणा बढी प्रोटीनको उपभोग हुन्छ जसले मिर्गौलामा खराब असर गर्न सक्छ ।अण्डाको पहेँलो भागमा धेरै मात्रामा कोलेस्टेरोल हुने कारणले खतरा देखिएको हो । दिनमा तीन भन्दा धेरैअण्डा खाँदा पनि त्यसले मुटुलाई हानि पुर्याउन सक्छ ।
June 2, 2019 10:48 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला