मलिकसँगै कुकुरले पनि गर्यो डिप्लाेमा पास, युनिभर्सिटीले दियो प्रमाणपत्र !
काठमाडौं, घरपालुवा जनावरले व्यक्तिको जीवनमा मानिसको भूमिका निभाउन त सक्दैन । तर न्यूयोर्कको क्लार्कसन युनिभर्सिटीमा पढ्ने शारीरिक रुपमा अशक्त २५ वर्षीया युवती ब्रिटनी होलेको ग्रिफेन नाम गरेको कुकुरले यो सावित गरेर देखाएको छ । प्रतिभाशाली कुकुर ग्रिफेनलाई विश्वविद्ययालयको डिप्लोमाद्वारा पुरस्कृत गरिएको छ ।केही समय पहिले युवती ब्रिटनी होलेले क्लार्कसन युनिवर्सिटीबाट अक्युपेशनल थेरापीमा मास्टर डिग्री गरेकी थिइन् । यसको साथसाथै उनको ४ वर्षको ‘सर्भिस डग’ ग्रिफिनललाई पनि डिप्लोमाको उपाधि दिइएको छ ।
ह्वीलचेयरमा आफ्नो जीवन बिताइरहेकी ब्रिटनी ग्रिफेनको बारेमा भन्छिन्, ‘मैले पहिलो दिनबाटै ग्रिफेनीलाई ग्र्याजुयट हुनको लागि प्रोत्साहित गर्दै आएकी थिएँ । उसले सधैँ त्यही गर्थ्यो जे मैले गर्थेँ ।’उनले भनेकी छिन्, ग्रिफेन शारीरिक कामहरु फुर्तिका साथ गर्छ । जस्तै ढोका खोल्ने, लाइट जलाउने र इसाराकै भरमा कुनै पनि चिज उनी भएसम्म पुर्याउनमा ग्रिफेन पोख्त भएको उनले बताएकी छिन् ।
यसको साथै महत्वपूर्ण कुरा त के छ भने, ग्रिफेनको सहयोगले ब्रिटेनीलाई डिप्रेशन, थकाइ उत्पन्न गराउने किसिमका डरहरुबाट मुक्ति मिलेको छ ।ब्रिटनी पहिलो पटक ‘सर्भिस डग’ का लागि ‘पोज ४ प्रिजन’ मा पुगेकी थिइन् । जब उनी त्यहाँ गइन्, उनको ह्वीलचेयरका कारण सबै कुकुर तर्सिएर उनीबाट टाढा बसे तर ग्रिफेन नाम गरेको त्यो कुकुर भने दाौडिँदै उनी भएतिर आयो र उनको मुख चाट्न थाल्यो । ब्रिटनी र ग्रिफेनले उत्तरी क्यारोलाइको फोर्ट ब्रेगमा इन्टर्नशिप पनि गरिसकेका छन् । उनीहरुले गतिशीलताको कमीका साथसाथै मनो(सामाजिक विकारसँगै सैनिकहरुलाई सहायता पनि गरेका छन् ।
June 2, 2019 11:45 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला