नायक पल शाह र गायक प्रताप दाशलाई कुवेतमा भब्य स्वागत
कुवेत – चर्चित नायक पल शाह र गायक प्रताप दाशलाई कुवेतवासी नेपाली हरुले भब्य स्वागत गरेका छन् ।दर्शन ठकुरी समाज कुवेतले आयोजना गरेको दर्शन सांगीतिक धमाका कार्यक्रमको लागी आज बिहान ९ बजे कुवेत आईपुगेका चर्चित नायक पल शाह र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासलाई कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा कुवेतवासी नेपालीहरुले पुष्प गुच्छा साथै खादा ओडाएर भब्य स्वागत गरेका हुन् ।

सँस्थाको पाँचौ वार्षिक उत्सवको अवसरमा “ दर्शन सांगीतिक धमाका २०१९ “ कार्यक्रमको आयोजना गरी अतिथी कलाकार नायक पल शाह र गायक गायक प्रताप दासका साथ वार्षिक उत्सव मनाउनन लागीएको हो ।

सांगीतिक कार्यक्रममा अतिथी कलाकारको साथमा कुवेतका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । उक्त कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थित भइ भाब्यरुमा सफल पारीदिनहुनका लागी समाजका अध्यक्ष एल बि हमालले अनुरोध गरेका छन् ।
स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : ७ जुन २०१९ शुक्रबार
समय : १२ बजे
कार्यक्रम बारे जानकारी – 66644509, 60067572, 69925693

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन