शारीरिक सम्बन्ध राखेपछि के सोच्छन् पुरुष ?
एउटा सम्बन्ध जोगाउनको लागि जति एक अर्काबीच प्रेम जरुरी छ त्यति नै जरुरी छ एक अर्कासँग नीजि पल विताउनु । त्यसमा शारीरिक सम्बन्ध राख्नु पनि सामान्य नै मानिन्छ । जसले सम्बन्धमा थप मिठास ल्याउँछ ।तर एउटा अनुसन्धानले यसलाई गलत प्रमाणित गरिदिएको छ । अनुसन्धानको परिणाम माथिको भनाईभन्दा फरक निस्किएको छ । अनुसन्धानको अनुसार शारीरिक सम्बन्ध राखेपछि पुरुषहरु दुखी हुन्छन् ।
महिलामा मात्र होइन पुरुषमा पनि हुन्छ यस्तो समस्या : यो अनुसन्धान जर्नल अफ सेक्स र म्यारिटल थेरापीमा प्रकाशित भएको थियो । जसको अनुसार महिलाहरुजस्तै पुरुष पनि पोस्ट–कोइटल डिस्फोरियाबाट ग्रसित हुन्छन् । पीसीडी (पोस्ट–कोइटल डिस्फोरिया) यस्तो बिरामी हो जुन व्यक्तिको भित्र शारीरिक सम्बन्ध बनाएपछि उदासी, चिन्ता, चिडचिडाहट र रिस पैदा हुन थाल्छ ।
अस्ट्रेलियाको क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका अनुसन्धानकर्ताका अनुसार यस्ता गुनासाहरु महिलामा पाइन्थ्यो । तर, पुरुषहरुमा पनि यस्ता भावनहरु पैदा हुने पहिलो पटक पत्ता लागेको हो । यस अनुसन्धानमा संलग्न जोएल म्याकज्कोविएकले बताएअनुसार रिसर्चको लागि अनलाइन सर्वेक्षणको माध्यमबाट अस्ट्रेलिया, अमेरिका, यूके, रुस, न्यूजील्याण्ड, जर्मनी र अन्य देशका गरी १२०८ पुरुषलाई सहभागी गराइएको थियो ।अनुसन्धानको नतिजाअनुसार चालीस प्रतिशत पुरुषले आफ्नो पूरै जीवनमा पीसीडीको अनुभव गरेको स्वीकार गरे । भने बीस प्रतिशतले चार हप्तामा पोस्ट–कोइटल डिस्फोरियाको प्रभाव महसुष गरेका थिए ।
June 8, 2019 12:23 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला