साउदि अरबमा उभौली पर्व मनाईयो ।
शुक्र मोक्तान,
सम्पुर्ण मुन्दुमी किराँतीहरू एक हौँ, किराँत लिपि,भाषा र भेषभुषाको संरक्षण गरौँ ” भन्ने नाराका साथ उभौली पर्व सम्पन्न भएको छ। किराँत राई यायोक्खाले जुन ७ शुक्रबारका दिन दमामस्थित अल खायाम रेस्टुरेन्टमा किराँतीहरूको साकेला सीली नाच र विभिन्न झाँक्रीका साथै वृहत सांस्कृतिक कार्यक्रम गरि मनाइएका हुन् ।
कार्यक्रममा नेपाली राजदुताबास रियादका नियोग उप-प्रमुख दिलिप पौड्यलको प्रमुख आतिथ्य र नियोगकै श्रम सहचारी अम्बिका प्रसाद अधिकारीको विशेष आतिथ्य रहेको थियो भने किँरात राई यायोक्खा साउदीका का.बा. अध्यक्ष सभापतिको रूपमा उपस्थित थिए। कार्यक्रममा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधीहरू साथै मिडिया कर्मी , बुद्धिजिवी, व्याबसायी, समाजसेवी र विभिन्न कम्पनिमा कार्यरत नेपालीहरू अतिथीको रूपमा उपस्थित रहेका थिए।
नेपालमा बैशाख पुर्णिामाको दिन पारेर मनाइने उभौलीलाई साउदीमा भने समय अभावका कारण झन्डै तीन हप्तापछि मनाइएको हो । उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा नेपाली समुदाय संग रहेको धर्म र संस्कृतिलाई संरक्षण र संबर्धन् गर्न यस किसिमको कार्यक्रमहरूले टेवा पुग्ने बताउँदै उभौलीको शुभकामना व्यक्त गरेका थिए । मन्तव्यकै क्रममा श्रम सहचारी अम्बिका प्रसाद अधिकारीले साउदीको विभिन्न क्षेत्रमा रहेका संघ संस्थाहरूको अभिलेखीकरण दुताबासले राख्न खोज्नुको कारण निरूत्साहित गर्नको लागी नभई संघ संस्थाहरू संग दुताबास रियादले सहकार्य गर्न चाहेको पनि प्रस्ट पारे।उनले वर्तमान परिस्थितीमा नेपाली कामदारहरूलाई साउदीमा व्याप्त समस्याहरू बाट जोगीन स्वयं सजग हुँदै सम्बन्धित देशको मुल्य मान्यता र नियम कानुनलाई पूर्ण रूपले परिपालन गर्न पनि आह्वान् गरे साथै यस किसिमको संदेश प्रत्येक आप्रवासी नेपाहरू सम्म पुर्याईदिन पनि आग्रह गरे। त्यसैगरी मन्तव्य राख्ने क्रममा दुताबास नियोग उप-प्रमुख दिलिप पौड्यालले दुताबास हरेक संघ संस्थाहरू संग सहकार्य गर्न चाहेको भन्दै साउदी अरबको संघ संस्थाहरूले अवैतनिक कर्मचारीको भुमिका निभाई रहेको भनि मुक्तकण्ठले प्रशंसा गरेका थिए।
किराँत राईहरूले आफ्नो मौलिक कला,संस्कृति,भाषा, लिपी लगायतलाई संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रममा कलाकार र सहयोगीहरूलाई प्रशंसा पत्र प्रदान गरे पश्चात आगन्तुक सबैलाई धन्यवाद ज्ञापन गर्दै सभाका सभापती चित्र कुमार राईले कार्यक्रम समापनको घोषणा गरेका थिए भने उक्त कार्यक्रमलाई पुस्ता राई र सोनाम राईले संचालन गरेका थिए।

June 9, 2019 11:37 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन