नवनियुक्त नियोग उपप्रमुखलाइ एनआरएनए साउदीद्वारा स्वागत ।
साउदि अरब स्थित नेपाली राजदूत रियादमा हालै नियुक्त हुनुभएका नियोग उपप्रमुख दिलिप कुमार पौडेललाइ एनआरएनए साउदी अरबले एक बिशेष कार्यक्रम गरि स्वागत गरेको छ । साउदी अरबको पुर्वी प्रान्त दम्माम स्थित अल ख्याम अडिटरिम हलमा एनआरएनए साउदी अरबले हिजो शुक्रबार १४ जुन, २०१९ का दिन उक्त स्वागत कार्यक्रम आयोजना गरेको थियो । नेपाली दूतावास रियाद साउदी अरबका महामहिम राजदुत प्रा. डा. महेन्द्र प्रसाद सिंह राजपुतको प्रमुख आतिथ्य तथा एनआरएनए एनसीसी साउदीका अध्यक्ष नारायण पासवान सभापतित्व रहेका सो कार्यक्रमलाइ महासचिव तेज थापाले संचालन गरेका थिए ।

कार्यक्रममा एनआरएनए आइसिसी मानार्थ सदस्य राजु सैयद, आइसिसी मध्यपुर्व महिला उपसंयोजक यास्मिन बेगम, आइसिसी सदस्य तथा बैदेशिक रोजगार आप्रवासी कामदार कल्याण कोष मध्यपुर्व सहसंयोजक जोन अर्याल, आइसिसी सदस्य धरम के.सी. लगायत राष्ट्रिय समन्वय परिषद् साउदी अरबका संरक्षक बिरेन्द्र कुमार चौधरी, ओम घले लगायतका व्यक्तिव्यहरू अतिथिको रूपमा उपस्थिति जनाएका थिए । स्वागत कार्यक्रममा एनआरएनए एनसिसि साउदी अरबका बरिष्ठ उपाध्यक्ष डमर कुमार यादव, कोषाध्यक्ष मो. जैनुल अव्दिन, प्रवक्ता उमेश भट्टराइ, महिला संयोजक रबिना अर्याल, केन्द्रिय सदस्य दिपक शाही, रोशन कुमार श्रेष्ठ, भोला पौडेल लगायत क्षेत्रि तथा स्थानिय समितिमा आवद्ध् पदाधिकारीहरू, पन्जिकृत सदस्यहरू, शुभचिन्तक हरूको सहभागिता रहेको थियो । त्यसैगरि नेपाली जनसम्पर्क समिति साउदि अरब उपसभापति प्रमोद लामिछाने, कि.रा.या.यो. साउदी अरब उप महासचिव रबिन राइ थुलङ, संघिय लिम्बुवान राष्ट्रिय मन्चका केन्द्रिय सदस्य श्री यावा लिम्बु र अन्तराष्ट्रि रोल्पाली सेवा समाजका प्रतिनिधि लगायत नेपाली जनसमुदायहरूको समुपस्थितिमा दूतावास नियोग उपप्रमुख पौडेललाइ संस्थागत रूपमा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

स्वागत कार्यक्रमका दौरान एनआरएनए साउदीका अध्यक्षले संस्थागत मनतव्य दिनुभएको थियो भने नियोग उपप्रमुख पौडेलले पनि साउदीमा रहेका कामदारहरूको सुरक्षित र मर्यादिद वैदेशिक रोजगारीकालागी नेपालीहरूको साझ संस्था एनआरएनएसंग साथ, सहयोग र सहयात्राको अपेक्षा सहितको मन्तव्य दिनुभएको थियो ।
तात्कालिन नियोग उपप्रमुख आनन्द प्रशाद सर्माको कार्य अवधि समाप्त भइ नेपाल फर्के पश्चात पौडेल नियोग उपप्रमुखका रूपमा हालै साउदी अरब आउनु भएको हो ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन