Saturday 18th May 2024

एनआरएनए पुर्वी क्षेत्रिय समितिको छैटौं अधिबेशन सम्पन्न, अध्यक्षमा अनुजा थापा ।

5 years अगाडी

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरब अन्तर्गत रहेको पुर्वी क्षेत्र क्षेत्रिय समितिको छैटौं अधिबेशन हिजो १४ जुन, २०१९ शुक्रवार सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्ष अनुजा थापा सहित १५ सदस्यीय कार्यसमिति चयन भएका छन् । अध्यक्ष अनुजा थापाको अलावा उपाध्यक्षमा विनय रौनियार, सचिवमा तुल्सिराम आचार्य, सहसचिवमा इन्दिरा श्रेष्ठ, कोषाध्यक्षमा दिपक ढुङ्गाना, सह-कोषाध्यक्षमा रामजतन यादव, र प्रवक्तामा शुक्र मोक्तान रहेका छन् । त्यसैगरि कार्य समिति सदस्यहरूमा क्रमशः लोकेन्द्र फियाक, बलराम थापा, हरी सुवेदि, कृष्ण सिंगदेल, राज कुमार ढकाल र लोक बहादुर रहेका छन् ।

साउदि अरबको पुर्वी प्रान्त दम्माम स्थित अलख्याम अडिटरिएम हलमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास रियाद साउदी अरबका महामहिम राजदुत प्रा. डा. महेन्द्र प्रसाद सिंह राजपुत तथा नियोग उपप्रमुख दिलिप कुमार पौडेलको समुपस्थिति रहेको थियो । त्यसैगरि कार्यक्रममा एनआरएनए आइसिसी मानार्थ सदस्य राजु सैयद, आइसिसी मध्यपुर्व महिला उपसंयोजक यास्मिन बेगम, आइसिसी सदस्य तथा बैदेशिक रोजगार आप्रवासी कामदार कल्याण कोष मध्यपुर्व सहसंयोजक जोन अर्याल, आइसिसी सदस्य धरम के.सी. लगायत राष्ट्रिय समन्वय परिषद् साउदी अरबका संरक्षक बिरेन्द्र कुमार चौधरी, ओम घले, एनसिसि अध्यक्ष नारायण पासवान, बरिष्ठ उपाध्यक्ष डमर कुमार यादव, कोषाध्यक्ष मो. जैनुल अव्दिन, प्रवक्ता उमेश भट्टराइ, महिला संयोजक रबिना अर्याल, केन्द्रिय सदस्य दिपक शाही, रोशन कुमार श्रेष्ठ, भोला पौडेल लगायत क्षेत्रि तथा स्थानिय समितिमा आवद्ध् पदाधिकारीहरू, पन्जिकृत सदस्यहरू, शुभचिन्तक हरूको सहभागिता रहेको थियो । साथै नेपाली जनसम्पर्क समिति साउदि अरब उपसभापति प्रमोद लामिछाने, कि.रा.या.यो. साउदी अरब उप महासचिव रबिन राइ थुलङ, संघिय लिम्बुवान राष्ट्रिय मन्चका केन्द्रिय सदस्य श्री यावा लिम्बु र अन्तराष्ट्रि रोल्पाली सेवा समाजका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली दूतावास रियाद साउदी अरबका महामहिम राजदुत प्रा. डा. महेन्द्र प्रसाद सिंह राजपुतको प्रमुख आतिथ्य तथा नियोग उपप्रमुख दिलिप कुमार पौडेलको विशिष्ट आतिथ्य रहेको । तेज थापाद्वारा संचालित पुर्वी क्षेत्र क्षेत्रि समितिको छैटौं अधिबेशन कार्यक्रमलाइ निवर्तमान क्षेत्रिय अध्यक्ष चन्द्रमणी भन्डारीले सभापतित्व गरेका थिए । कार्यक्रममा आयोजकका रूपमा क्षेत्रिय कोषाध्यक्ष चित्र कुमार रार्इले स्वागत मन्तव्य दिएका थिए भने दिक्षा थापा,आइसा अर्याल लगायतका कलाकारहरूले नृत्य प्रस्तुत गरि सहभागिहरूलाइ मनोरञ्जन प्रदान गरेका थिए । आफ्नो कार्यकालभर भए गरेका बिषय बस्तुहरूलाइ समिटि क्षेत्रिय प्रवक्ता नरेन्द्र बहादुर कार्कीले पुर्वी क्षेत्र क्षेत्रिय समन्वय समितिको कार्यप्रगित विवरण सुनाएका थिए भने कोषाध्यक्ष चित्र कुमार रार्इले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अधिवेशनलाइ सहजता दिन एनसिसि सदस्यहरू रोशन कुमार श्रेष्ठ, भोला नाथा पौडेल तथा निवर्तमान क्षेत्रिय अध्यक्ष चन्द्रमणी भन्डारी सम्मेलित ३ सदस्यिय निर्वाचन समिति गठन गरिएको थियो । समितिले सर्वसम्मतिमा नयाँ कार्यसमिति चयनमा समन्वकारी भुमिका निर्वाह गरेको थियो । बन्दसत्र मार्फत तयार पारिएको नयाँ कार्यसमिति घोषणासँगै नवनिर्वाचित क्षेत्रिय अध्यक्षलाइ एनसिसि अध्यक्षले सपथ ग्रहण गराएका थिए भने बाकी कार्यसमितिका पदाधिकारीहरूलाइ क्षेत्रिय अध्यक्ष अनुजा थापाले सपथ ग्रहण गराउनु भएको थियो । त्यसैगरि सपथ ग्रहण पश्चात नवनिर्वाचित क्षेत्रिय अध्यक्षद्वारा भावि कार्ययोजना प्रस्तुत गरिएको थियो भने कार्यक्रमा उपस्थित अतिथि, विशिष्ट अतिथि तथा प्रमुख अतिथिहरूले नवनिर्वाचित कार्यसमितिलाइ बधाइ एवम् कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

 

          June 15, 2019 1:41 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...