Thursday 2nd May 2024

अन्तराष्ट्रिय कलाकार मन्च कुवेतको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न

5 years अगाडी

माधब शाही/ मनोज थापा
कुवेत – अन्तराष्ट्रिय कलाकार मन्च कुवेतको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम – २०१९ भव्य रुपमा सम्पन्न भएको छ ।हिजो कुवेतको जिलिब स्थित ईन्डियन सेन्ट्रल स्कूलको हलमा अतिथि कलाकार चर्चित गायक निशान भट्टाराई लगायत कुवेतका स्थानीय कलाकारहरूकासाथमा बृहत साँस्कृतिक कार्यक्रम – २०१९ सम्पन्न भएको हो । “ कलाकार अक्षय कोष निर्माण “ का लागी आयोजना गरीयको साँस्कृतिक कार्यक्रमको आयोजना गरीयको हो ।

संस्थाका अध्यक्ष सोम रसाइलीको सभापतित्वमा सम्पन्न साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथि गैर आवसीय नेपाली संघ कुवेतकी अध्यक्ष सुमित्रा पौडेलको रहेको थियो भने बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु,पत्रकारहरु,बुद्दिजिबी ,समाजसेवी लगाएत कुवेतबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रम सभापती , प्रमुख अतिथि , बिशिष्ट अतिथिको सामुहिक रुपमा दिप प्रज्लन गरी साथै सँस्थाको पहिलो वार्षिक उत्सबको उपलक्ष्यमा केक काटी कार्यक्रमको उद्दघाटन गरियको थियो भने नेपाली राष्ट्रिय गीत बाट कार्यक्रम लाई मुर्तरुप दिइएको थियो ।

प्रमुख अतिथि र अतिथि कलाकार लाई पन्चे बाजाले स्वागत गरीयको थियो ।कार्यक्रम भुवन सुबेदीले संचालन गरेका थिए भने उपस्थित अतिथि हरुलाई कार्यक्रम संयोजक नेहा राईले मन्तब्य बाट स्वागत गरेकी थिइन् ।

कार्यक्रममा एनआरएनए कुवेतकी अध्यक्ष सुमित्रा पौडेल,पत्रकार महासंघ कुवेत साखाका अध्यक्ष हरीकृष्ण न्यौपाने , समाज सेवी धुर्ब कुमार संघ्रौला, आदिवासी जनजाती महासंघका अध्यक्ष अमृत तामांग , समाज सेवी सुजन केसी ,लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

साँस्कृतिक कार्यक्रमको पहिलो प्रस्तुती स्वरूप नेपाली राष्ट्रिय झण्डा फहराउ दै स्वागत गीत प्रस्तुत गरीएको थियो ।

नेपालको पहिलो अन्तराष्ट्रिय फ्रेन्चाइज शो नेपाल आइडल सिजन १ गायन प्रतियोगितामा सहभागी बनेर नेपाली संगीत प्रेमी स्रोता दर्शकका माझ चर्चित बनेका निसान भट्टराईले कुवेतका दर्शकहरूलाई नचाए । उनले ” भिजिट भिसामा ” गाउँदा दर्शकहरु जोडतोडले नाचे दर्शक हरुबाट वान्स मोर, वान्स मोर ‘ आईरहदा उक्त गीत २ चोटी सम्म गाए । उनले ‘ लैजाउला मङसिर महिनामा’’आफ्नै छायाँ ‘ बोलका गीत लगायत दर्जनभन्दा बढी चर्चित गीतहरु प्रस्तुत गरेका थिए ।

स्थानीय कलाकार – बसन्त परीयार प्रेम स्यांगतान , भेद गुरुङ , अस्मी तामांग , प्रेम जिमी , राजेन्द्र बिरही ,श्याम बिसी , बिश्व पास तामांग , नेहा राई , कुमार तामांग , राजु थापा लगायतले गायन तथा निर्त्य प्रस्तुतीले उपस्थित दर्शकहरुलाई थप मनोरन्जन प्रदान गरेको थियो ।

कार्यक्रमको अन्तम सभापति तथा समाजका अध्यक्ष सोम रसाईलीले अतिथि, विशेष अतिथि, अतिथिहरु नेपाल बाट पाल्नु भएका कलाकार लगायत सहभागि सबैलाई धन्यवाद ब्यक्त गरेका थिए । कार्यक्रममा उपस्थिती जनाई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आर्थिक, भौतिक, नैतीक एवं बौद्दिक क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी, भद्रभलाद्मी, कलाकार, पत्रकार एवं उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यहाँहरुको सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै, भविष्यमा पनि अन्तराष्ट्रिय कलाकार मन्च कुवेत
बाट आयोजना हुने हरेक गतिविधिहरुमा यहाँहरुको यसरी नै सहयोग रहने अपेक्षा राख्दै सभापतिले कार्यक्रम समापन गरेका थिए ।

          June 15, 2019 8:47 pm | Uncategorized,प्रवास,फोटो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...