सुगर देखि नआत्तिनुहोस् ‘यसरी खाना खान जान्नुभयो भने नियन्त्रण हुन्छ
काठमाडौ । डा. ज्योती भट्टराई मधुमेह रोगको सन्र्दभमा निक्कै चर्चित नाम हो । उहाँले थुप्रै मधुमेह रोगीलाई उपचार सेवा दिइसक्नुभएको छ । उहाँले यो रोग नियन्त्रणका विभिन्न उपायको खोजी गरिरहेको हुनुहुन्छ । अचेल उहाँको मेट्रो काठमाडौं अस्पतालमा मधुमेह भएर गएपछि हरेकले ‘डाइट क्लास’ लिनैपर्छ। यो कक्षामा डाइटिसियनले मधुमेह भएपछि के खाने, के नखाने, मात्रा मिलाएर कसरी खाने आदिबारे जानकारी दिन्छन्।
‘हामीकहाँ मधुमेह भएपछि यो पनि खान हुन्न, त्यो पनि खान हुन्न भनेर शरीर कमजोर बनाएर आउने धेरै छन्’, डा. भट्टराई भन्नुहुन्छ, ‘त्यसैले यस्ता बिरामीका लागि काउन्सिलिङ जरुरी छ भनेर नियमित कक्षा लिन लगाउँछु।’ यसबाहेक ‘एक्सराइज’ गर्न पनि सिकाइन्छ। मधुमेहका बिरामी औषधि खान झण्झट मान्नुहुन्छ । यो कुराले उहाँहरूलाई सधैँ तनाव दिन्छ। ‘औषधि मात्र खाएर पुग्दैन भन्ने मलाई लाग्छ’, उहाँ भन्नुहुन्छ, ‘औषधिसँगै खानपानमा ध्यान दिइएन भने मधुमेह मात्र होइन कुनै पनि रोग निको हुन सक्दैन।’
अर्को कुरा बिरामीलाई मानसिक तनाव पनि भइरहेको हुन्छ। यस्तो अवस्थामा मनोपरामर्शको पनि आवश्यकता पर्नसक्छ। सबै कुरा मिलाएर उपचार दिन सके मात्र बिरामीलाई लाभ हुने डा. ज्योतीको बुझाइ छ। पछिल्लो समय उहाँले बिरामीलाई उपचारात्मक खानामार्फत मधुमेह नियन्त्रण गर्न सुरु गर्नुभएको छ । डा. ज्योतिका अनुसार यसको परिणाम असाध्यै राम्रो आएको छ। ‘हुन त यो हामीले शुरु गरेको एक महिना पनि भएको छैन’, उहाँले भन्नुभयो, ‘तर एक सातामै यसको परिणाम देखिन थालेको छ।’
उहाँका अनुसार यो उपचारात्मक खाना उपचार विधि मोटोपन बढी भएका व्यक्तिहरूका लागि ल्याइएको हो। ‘जो व्यक्ति मोटा छन्, उहाँहरूलाई सुगर नियन्त्रण गर्न निकै गाह्रो हुन्छ। त्यसैले हामीले यस्ता व्यक्तिलाई दैनिक ८०० मात्र क्यालोरी भएको खानाको चार्ट दिन्छौँ’, डा. ज्योती भन्नुहुन्छ, ‘यसमा भात, रोटी, तरकारी र फलफूल सबै पर्छन्। तर क्यालोरी लिमिट भने क्रस गर्न पाइँदैन।’
यो विधि प्रत्यक्ष रूपमा डाक्टर र पोषणविदको निगरानीमा हुन्छ। उहाँले मोटा बिरामीलाई छानेर कतिपयलाई त औषधि छुटाएर र कतिपयलाई औषधिको मात्रा कम गराएर उपचार शुरु गर्नुभएको छ । यसो गर्दा एक सातामै दुई किलोसम्म तौल घटेको उहाँले देख्नुभयो । सुगर पनि नियन्त्रणमा आएको पाइएको छ। हाम्रो उदेस्य सुगर नियन्त्रणमा ल्याएर औषधी खान नपर्ने बनाउने नै हो । ‘हामीले खाएको खानाका कारण शरीमा बोसो बनेर जमेको हुन्छ। पहिला भए परिश्रम गरेर पग्लिन्थ्यो’, डा. ज्योती भन्नुहुन्छ, ‘तर अहिले धेरैले शारीरिक परिश्रम गर्दैनन्। त्यसकारण शरीरमा बोसो थुप्रिँदै जान्छ पेटको गोलाइ बढ्छ र अनेक समस्या निम्तिन्छ।’
June 18, 2019 1:19 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला