जुलाई ५ जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा जाउँ रक्तदान कार्यक्रमा सभागी बनौ
१८ जुन कुबेत, रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमू समाज कुवेतले चलाऊँदै आएको रक्तदान अभियान छैटौ कार्यक्रम स्वरुप आगामी ५ जुलाई २०१९ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ ।
रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै, बिगत लामो समयदेखी आफ्नो प्रतिनिधित्वमा चलाऊँदै आएको यो रक्तदान अभियान समाजको छैटौ श्रीङ्खला हो ।मनुष्यलाई जीबन यापनको दौडानमा हुनसक्ने सम्भावित दुर्घटना, अप्रेशन या अन्य कारणवश अत्यावश्यक पर्ने अमुल्य बस्तु “रगत” विश्वको एक कुनाबाट दान गरेर अर्को कुनामा तड्पिएकाहरुको जीवन बचाउन सकिने भएकोले यस किसिमको मानवीय कार्यमा तमु समाज कुबेतले यहि वास्तविकतालाई अनुसरण गरेर बिगत ६ बर्षदेखी कुवेतको नेपाली समाजमा यो रक्तदान अभियान चलाउँदै आएको छ ।
सदाको झैं सामुहिक रुपमा गरिने रक्तदान कार्यक्रम यसपाली पनि कुवेतको जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएकोले सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यस मानविय कार्यमा सहभागी भई कार्यक्रम सफल पारिदिन आयोजक संस्था तमु समाज, कुबेतले सार्वजनिक रुपमा अनुरोध गरेको छ ।
मिति : ५ जुलाइे २०१९ शुक्रबार
समय : दिनको ठिक १२ बजे
स्थान : सेन्ट्रल ब्लड बैंक, जाब्रिया, कुबेत
आयोजक : तमु समाज कुवेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन