आज विश्व योग दिवस : स्वस्थ जीवनका लागि योगका फाइदै फाइदा
काठमाण्डौ – विश्व योग दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ । हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाइन्छ । यस वर्षको विश्व योग दिवस ‘मुटुका लागि योग’ विषयमा केन्द्रित रहेको छ । योगलाई शताब्दी विकासको सूचकाङ्कका रुपमा समेत लिइएको छ ।
व्यक्तिगत शान्ति र स्वास्थ्यबिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन थालिएको हो । योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रिकरणमा महत्व दिने योग गुरुले बताएका छन् । चित्त वृत्तिको निरोध नै योग हो भनेर पतञ्जलिले भनेका छन् । योगले चित्त र वृत्तिलाई ठिक बाटोमा डोर्याउने योग गुरुहरु बताउँछन् ।
विश्व योग दिवस अन्तर्राष्ट्रिय योग दिवसका नामले पनि चिनिन्छ । विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि सन् २०१५ देखि जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाइन थालिएको हो ।विशेषगरी भारतमा योगा दिवस धुमधामका साथ मनाइँदै आएको छ । पछिल्लो समय मानिसहरु निकै तनावपूर्ण वातावरणमा बाँचिरहेको अवस्थामा योगले त्यसलाई कम गर्न सहयोग गरेको छ ।
झारखण्डको राँचीमा आयोजित विश्व योग दिवसको विशेष कार्यक्रममा सहभागी हुँदै भारतीय प्रधानमन्त्री मोदीले योग गरिबहरुको स्वास्थ्यका लागि महत्वपूर्ण भएको बताएका छन् । साथै उनले औषधि मात्रै सबै रोगको उपचार नभएको बताउँदै योगले मानिसलाई स्वस्थ र अनुशासित बनाउन सहयोग गर्ने बताए ।
योगका फाइदा
स्वस्थ जीवन
कार्यक्षमतामा वृद्धि
चिन्ताबाट छुटकारा
मानसिक शान्ति
रोग प्रतिरोध क्षमतामा वृद्धि
तन, मन र आत्माबीचको लयात्मकता
अनावश्यक विचारबाट मुक्ति
सकारात्मक सोचको विकास
ऊर्जाको केन्द्रिकरण
आन्तरिक शक्तिको सञ्चार
आफ्नो परिस्थितिलाई सही रुपमा विश्लेषण गर्ने क्षमताको वृद्धि
आत्म ज्ञान प्राप्ति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन