यहाँ ६९ दिन घाम अस्ताउँदैन, ९० दिन उज्यालो हुँदैन, जनताले टाइम जोनबाट मुक्ति मागे
एजेन्सी। नर्वेको सोमारोय द्वीपमा १८ मे देखि २६ जुलाइसम्म ६९ दिन घाम नै अस्ताउँदैन । यसका अलावा जाडो महिनामा करिब ३ महिनासम्म घाम नै देखिँदैन । नर्वेको यो टापुले पहिलो ‘टाइम फ्रि जोन’ बन्नको लागि पहल थालेको छ । यसका लागि टापुका ३ सय निवासीहरुले एक अभियान चलाएका छन् । उनहिरुले यो द्वीपलाई समयको सीमाबाट स्वतन्त्र राख्नको लागि टाइम फ्रि जोन अभियान चलाएका छन् । यसको समर्थनमा अदालतमा निवेदन पनि दिएका छन् ।
स्थानीय सांसद केंट गुडमण्डसम्यानले यो निवेदनलाई अगाडि बढाउने फैसला गरेका छन् । केंटका अनुसार उनीहरुलाई नजिकका २ शहर फिनमार्क र नर्डल्याण्डले पनि समर्थन दिएका छन् । यसअघि युरोपियन युनियन पनि डेलाइट सेभिङ टाइम (वर्षमा २ पटक घटी अगाडि बढाउने प्रक्रिया)लाई अन्त्य गर्नेबारे भनिसकेको छ ।
अभियानका नेतृत्वकर्ता केजेल ओव हेविङका अनुसार यसको उद्देश्य निवासीहरुलाई कामका परम्परागत घण्टाबाट मुक्ति दिलाउनु हो । अर्थात यहाँका मानिसहरु जतिबेला जे काम गर्न चाहन्छन् त्यो काम गर्न सकुन् । यहाँका मानिसले यसो गर्दा उनीहरुको स्कुल कलेज र कामकाजको समयमा लचकता आउने आशा गरेका छन्
यहाँ पर्यटन र माछापालन आम्दानीमा मुख्य माध्यम हुन् । युरोप घुम्न जाने पर्यटकले अलग अलग शहरमा पुलमा ताला देख्छन् तर नर्वेका यी द्वीपमा पुलमा घडीहरु देखिन्छन् । हेविंगका अनुसार लामो समयसम्म रात रहनु वा दिन नढल्दा रात दिनको अर्थ रहँदैन । यही कारण तनाव हुन्छ । मानिसहरु समयको जंजालमा नफसुन् र खुलेर जिन्दगी बाँचुन् भन्ने अभियानको उद्देश्य हो ।
June 21, 2019 5:02 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला