Saturday 18th May 2024

साउदीमा सडक दुर्घटनामा ज्यान गुमाएका नेपालीलाई अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबद्वारा आर्थिक सहयोग ।

5 years अगाडी

रम्जान दिन मियाँ “समर्पण”, साउदी अरब

हान्सपुर ४ प्युठान, नेपाल घर भइ विगत दुई बर्ष देखी साउदी अरबको खमिस मुसेदमा मस्जिद सर सफाइमा काम गर्दै आएका प्यार मोहम्मद मियाँको सडक दुर्घटनामा परेर ज्यान गुमाए पछि उहाँको घरपरिवारको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबको पहलमा उहाँको परिवारलाई सहयोग स्वरुप केहि रकम हस्तान्तरण गरेको छ ।
आफ्नो तथा परिवारको दैनिक जिबन र भबिस्यको सुन्दर सपना मनमा सजाँउदै साउदी आइपुगेका मियाँको गत १ डिसेम्बर २०१८ का दिन मृत्यु भएको थियो भने एनआरएनए आर सि सि अल कासिम, हातेमालो प्रवासी नेपाली समूह खमिस र अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबको संयुक्त पहल तथा  महावाणिज्य दूतावाससँगको नियमित समन्वय पछि घटना भएको करिब डेढ महिनाको अन्तरालमा गत २४ जनवरी २०१९ का दिन मृतकको शव नेपाल पठाइएको थियो ।


पारिवारिक कमजोर आर्थिक अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबको पहलमा (१४१२ साउदी रियल) ४०,६३५/- चालीस हजार छ सय पैतिस नेपाली रुपैयाँ अर्थिक सहयोग भएको छ । उक्त सहयोग रकम गत ६ असार २०७६ शुक्रबार का दिन नेपाल छुट्टी रहेका यसै संस्थाका महासचिव रम्जान दिनमियाँ द्वारा केही स्थानीय ब्यक्तिहरुको रहोवरमा मृतकका आफन्त लाई हस्तान्तरण गरेका थिए ।

          June 23, 2019 2:47 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...