साउदीमा सडक दुर्घटनामा ज्यान गुमाएका नेपालीलाई अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबद्वारा आर्थिक सहयोग ।
रम्जान दिन मियाँ “समर्पण”, साउदी अरब
हान्सपुर ४ प्युठान, नेपाल घर भइ विगत दुई बर्ष देखी साउदी अरबको खमिस मुसेदमा मस्जिद सर सफाइमा काम गर्दै आएका प्यार मोहम्मद मियाँको सडक दुर्घटनामा परेर ज्यान गुमाए पछि उहाँको घरपरिवारको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबको पहलमा उहाँको परिवारलाई सहयोग स्वरुप केहि रकम हस्तान्तरण गरेको छ ।
आफ्नो तथा परिवारको दैनिक जिबन र भबिस्यको सुन्दर सपना मनमा सजाँउदै साउदी आइपुगेका मियाँको गत १ डिसेम्बर २०१८ का दिन मृत्यु भएको थियो भने एनआरएनए आर सि सि अल कासिम, हातेमालो प्रवासी नेपाली समूह खमिस र अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबको संयुक्त पहल तथा महावाणिज्य दूतावाससँगको नियमित समन्वय पछि घटना भएको करिब डेढ महिनाको अन्तरालमा गत २४ जनवरी २०१९ का दिन मृतकको शव नेपाल पठाइएको थियो ।

पारिवारिक कमजोर आर्थिक अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबको पहलमा (१४१२ साउदी रियल) ४०,६३५/- चालीस हजार छ सय पैतिस नेपाली रुपैयाँ अर्थिक सहयोग भएको छ । उक्त सहयोग रकम गत ६ असार २०७६ शुक्रबार का दिन नेपाल छुट्टी रहेका यसै संस्थाका महासचिव रम्जान दिनमियाँ द्वारा केही स्थानीय ब्यक्तिहरुको रहोवरमा मृतकका आफन्त लाई हस्तान्तरण गरेका थिए ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन