१८ बर्षकी यी फुच्चीको हाछ्युँबाट करोडौ अम्दानी
एजेन्सी । हाछ्युँ गरेकै भरमा पैसा कमिन्छ ? त्यो पनि करोडौँ रुपैया । अनि यति फुच्ची १८ बर्षे उमेरमा नै । हेडलाईन पढ्दा सबैलाई पत्यार नलागेको हुनसक्छ । तर सत्य हो । हामीकहाँ त हाछ्युँ गर्यो भने कि रुघा लागेको भनिन्छ, कि साइत बिगारेको, तर वेल्सकी एक १८ वर्षीया फुच्चीका लागि भने हाछ्युँ बरदान सावित भएको छ । उनले यहीबाट राम्रो आम्दानी गरिरहेकी छिन् ।अबि हेयउड नामकी ती छात्राको लक्ष्य फाइन आर्ट पढ्नु हो । पढाइमा अब्बल भए पनि राम्रो युनिभर्सिटीमा महँगो शुल्क तिर्नुपर्ने भएका कारण उनले अतिरिक्त पैसाको जोहो गर्नुपर्ने भयो । त्यसैले उनले हाछ्युँलाई अतिरिक्त पैसा कमाउने माध्यम बनाइन् ।सुरुमा उनको दिमाग जाग्यो । धेरै पटक हाछ्युँ गरेको भिडियो युबटुबमा हाल्छु भन्ने । नभन्दै केही मिनेटमा दर्जनौँ पटक हाछ्युँ गरेको भिडियो उनले अपलोड गरिन् । दर्शकको ओइरो लाग्यो । अब उनले अनेक कुरा नाकमा छिराएर हाछ्युँ गर्दै भिडियो युबटुबमा हाल्न थालिन् ।
हाछ्युँ हेर्न करोडौ दर्शक आउँन थाले । जुन भिडियोमा युबटुबले उपलब्ध गराएको बिज्ञापनबाट उनले करोडौ आम्दानी गर्न थालिन् । अबिले हाछ्युँ गरेको भिडियो हेर्न धेरै जना लालायित हुन थालेपछि उनले यसैलाई कारोबार बनाइन् ।अबिले हाछ्युँ गरेको एउटा भिडियो क्लिप हेर्न न्यूनतम ३ हजारदेखि साढे ४ हजार रुपैयाँ तिर्नुपर्ने समेत बनाइन् । मानिस तिर्न तयारपनि भए । अर्कोतर्फबाटपनि आम्दानी हुन थाल्यो ।कतिपयले अबिलाई खुट्टा देखाएर वा कुराकानी गर्दै हाछ्युँ गर्ने जस्ता विशेष भिडियो बनाउन माग गर्दा त्यसको शुल्क १५ हजार रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । कुनै पनि दर्शकले पैसा उनको खातामा पठाएपछि उनले सोही अनुसारको हाछ्युँ गरेको भिडियो तयार गरेर पठाउँछिन् ।
अबिले हाछ्युँ गरेको भिडियो युट्युवमा राखेपछि केही दर्शकले उनका सबै भिडियो राख्न अनुरोध गरेका छन् र त्यसका लागि शुल्क तिर्न तयार भएको बताएपछि उनले यो कामलाई आम्दानीको माध्यम बनाएकी हुन् । अहिले उनी ५ मिनेटमा ३७ पटक हाछ्युँ गर्न सक्छिन् ।नाकमा विभिन्न कुरा हालेर हाछ्युँ गर्ने क्रममा उनको सोचाइ अहिले अन्यत्र पनि मोडिएको छ । दर्शकको माग बढेको देखेर उनले नाकमा प्रयोग गर्न मिल्ने सेक्स टोइज निर्माण गर्ने सोचसमेत बनाएकी छिन् । नाकमा सेक्स टोइज हालेर थप आम्दानी गर्न सकिन्छ कि भन्ने उनको धारणा छ ।
June 23, 2019 9:32 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला