कुवेतमा एक नेपलीको हृदयघातका कारण निधन
कुवेत। आज बिहान कुवेतमा एक जना नेपालीको हृदयघातका कारण निधन भएको छ। Al Wafra Ready Mix कम्पनिमा झन्डै ९ महिनदेखी कार्यरत ज्ञानबहादुर न्याइच्याइका छोरा ४५ बर्षिय बिक्रम न्याइच्याइ (श्रेष्ठ) को निधन भएको रुम पार्टनर बहादुर मोक्तानले जानकारी दिएका छन। मृतक बिक्रम न्याइच्याइ भक्तपुर नगरपालिका वडा नं ८ निवासी हुन।
आज बिहान ड्युटी जानको लागि गाडी लिन लाग्दा आफुलाइ छाती दुखेकोले काम गर्न नसक्ने उनका साथीलाई बताएपछी भाषिक समस्याका कारण आफू अस्वस्थ रहेको र आज काम गर्न नसक्ने कम्पनिका सुपर्भाइजरलाइ भनिदिन आग्राह गरेपछि साथिले सुपरभाइजरकहाँ लिएर जाँदा सुपरभाइजरको कार्यलयको ढोकामा नै बेहोस भएको र तत्काल फर्वानिया हस्पिटल लगिएको मोक्तानले बताए। तर बिडम्बना हस्पिटल पुर्याउँदा डाक्टरले मृत घोषणा गरिदिए। जानकारिको क्रममा मोक्तानले भने “बिहान ४:४५ मा बेहोस भएको थियो। हामिले हत्तार हत्तार हस्पिटल पुर्यायौँ। झन्डै १५ मिनेटमा करिव ५:०० डाक्टरले उनको मृत्यु घोषणा गरिदिए। अहिले फर्वानिया हस्पिटलमा नै छ। उनको मोबाइल, वालेट र नेपाली नागरिक्ता, ड्राइभिङ लाइसेन्स र उनको वालेटमा भएको रकम नर्सले मलाइ जिम्मा दिएको छ।”
यस बिसयमा नेपाली दूतावासको हटलाइनमा सम्पर्क गरि जानकारी गराइएको छ।
आर डि क्रीएशन बाट साभार
June 26, 2019 1:29 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन