Saturday 18th May 2024

मिथिला समाज केन्द्रीय समिति साउदी अरबद्वारा बाल आश्रमलाई आर्थिक सहयोग । 

5 years अगाडी

मिथिला एकता समाज साउदी अरबले बाल आश्रमलाई आर्थिक सहयोग गरेको छ । जनकपुर स्थित कबिर बाल आश्रमलाई समाजले नगद २० हजार रुपैयाँ  आर्थिक सहयोग गरेको हो ।  वृन्दावन नगरपालिका ९ रौतहट स्थायी घर भएका समाजका क्षेत्रीय पदाधिकारी ताज मोहम्मदले तथा राजकुमारले बुधबार विहान आश्रममा पुगि आश्रम संचालक सत्यनारायण आलोकलाई नगद रकम हस्तान्तरण गरेका हुन्  ।

आश्रममा १३ जना बालबालिकाहरु रहेका छन् । अनाथ बालबालिकाहरुको पालनपोषण एवं शिक्षाको लागि सहयोग पुग्ने हेतुले समाजको नियमित बैठक आव्हान गरिएको थियोे । बैठकद्वारा समाजले तत्काल २० हजार सहयोग निकासा गर्ने सहमति गरेको थियोे, सोही निर्णय अनुसार क्षेत्रीय सदस्य ताज मोहम्मदद्वारा आश्रममा पुगि नगद हस्तान्तरण गरिएको अध्यक्ष जितेन्द्र यादवले जानकारीका छन् । हस्तान्तरण कार्यक्रममा राजकमार महतोको समेत सहभागीता रहेको थियो ।

          June 26, 2019 11:08 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...