कानूनको नजरमा सबै नागरिक समानः महानिरीक्षक खनाल
काठमाडौं प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानून र कानून कार्यान्वयनको क्रममा प्रहरीको हेराइमा सबै नागरिक समान रहेको बताएका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज प्रहरी प्रधान कार्यालयमा भएको ‘प्रहरीसँग एक दिन’ कार्यक्रममा उहाँले कानूनको नजरमा सबै नागरिक बराबर भएको बताएका हुन्
महानिरीक्षक खनालले शिक्षाको गुणस्तर राम्रो बनाउन र समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी, विद्यालय र समाज एकसाथ मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गरे । उनले भूकम्प, प्राकृतिक प्रकोप, सडक सुरक्षालगायतका सुरक्षामा स्कुललेसमेत सामान्य नियम बनाइ लागू गर्नुपर्ने बताए ।
प्रहरी सबै नागरिकको साझा सङ्गठन हो भन्ने भावना जागृत हुनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा काठमाडौँ उपत्यकाका ग्यालेक्सी पब्लिक स्कुल ज्ञानेश्वर, हिमरश्मी हाइस्कुल बालाजु, जोसेफ हाइस्कुल कपन, काभ्या स्कुल बानेश्वर, नन्दी स्कुल नारायणचौर नक्साल, श्री शान्ति विद्यागृह लैनचौर, युलैन्स स्कुल खुमलटार र सेन्ट जेभियर्स स्कुल जावलाखेलका प्रधानाध्यापक, शिक्षक एवं विद्यार्थीको उपस्थिति रहेको थियो ।
June 27, 2019 11:25 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन