Saturday 18th May 2024

एनआरएनए स्थानीय समन्वय समितिहरुको अधिवेशन विधिवत रुपमा सम्पन्न ।

5 years अगाडी

गैर आवासिय नेपाली संघ पुर्वी क्षेत्र क्षेत्रिय समिति अन्तर्गतका बिभिन्न स्थानिय समन्वय समितिहरुका अधिवेशन तथा गठन विधिवत रुपमा सम्पन्न भएका छन् । औद्योगिक क्षेत्रको रुपमा रहेको साउदी अरबको पुर्वी प्रान्तमा नेपाली कामदारहरुको ठुलो बाहुल्यता रहेको छ । एनआरएनए साउदी अरबले यस क्षेत्रमा संगठनलाई सहज रुपमा संस्थगत गतिविधिहरु संचालन गर्न पुर्वक्षेत्र क्षेत्रीय समन्वय समितिमा मातहतमा रहने गरि विभिन्न स्थानीय समन्वय समितिको संरचना स्थापित गरेकोे छ ।

विधिवत रुपमा आज २८ अगष्ट, २०१९ शुक्रबार सम्पन्न भएका विभिन्न समिति अन्तर्गत जुवेल स्थानीय समन्वय समितिमा पुरुषोत्तम खड्का अध्यक्ष, देवनारायण चौधरी उपाध्यक्ष, मधुसूदन अर्याल सचिव, कर्णविर थापा सहसचिव, शैलेन्द्र शर्मा कोषाध्यक्षमा चयन भएका छन् भने सदस्यहरुमा पुर्ण राई, भिम कार्की, सुन्दर दास र ओम गुरुङ चयन भएका छन् ।

कतिफ-तारुत स्थानीय समन्वय समिति अन्तर्गत अध्यक्षमा गणेश खड्का, उपाध्यक्षमा ज्ञान बहादुर बि.क. , सचिवमा रामचन्द्र पल्ली,सहसचिवमा सन्तोष गौतम, कोषाध्यक्षमा
शिव बि.क., सह-कोषाध्यक्षमा चित्र परियार र भिम बहादुर वली प्रबक्तामा चयन भएका छन् भने सदस्यहरुमा भक्त थापा, सुवास राई, सुर्य तामाङ तथा श्याम काउछा चयन भएका छन् ।

रहिमा स्थानीय समन्वय समितिमा गणेश प्रसाद आचार्य अध्यक्ष, दिपेन्द्र शाहा उपाध्यक्ष, टंक प्रसाद आचार्य सचिव, रुद्र खड्का सहसचिव, राजेन्द्र चौधरी कोषाध्यक्ष, केशर जङ्ग वि.क. सह-कोषाध्यक्षमा चयन भएका छन् भने हिरा कुमार न्यौपाने, नरहरि बुढाथोकी, राजेन्द्र रायमाझी, सरुभ ब. पुन, खडक बहादुर बि. क. सदस्यमा चयन भएका छन् ।

अलहासा- अव्ककिक स्थानीय समन्वय समितिमा ददिराम पौडेल अध्यक्ष,दिपक प्रसाद पौडेल उपाध्यक्ष, प्रेम शंकर ठाकुर सचिव, सरोज दाहाल कोषाध्यक्ष र खुम बहादुर नेपाली सह-कोषाध्यक्षमा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा राजेश श्रेष्ठ, सुरेश सुब्बा, पुर्ण राई रहेका छन् भने सहसचिव पद पछि थप हुनेगरी रिक्त राखिएको छ ।

अधिवेशन सम्पन्न भएका समिति अन्तर्गत रहिमा बाहेक सबै समितिहरुको कार्य अवधि समाप्त भएकोले नयाँ कार्य समिति चयन गरिएको हो भने रहिमा स्थानीय समन्वय समिति पुर्वी क्षेत्र क्षेत्रीय समन्वय समिति अन्तर्गतको नयाँ र सबैभन्दा कान्छो स्थानीय समिति हो ।

          June 29, 2019 12:13 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...