गैर आवासीय सोसल क्लब ओमानको महाधिवेशन सम्पन्न , अध्यक्षमा केप्टन पुन
रिता शर्मा –
मस्कट, ओमान – गैरआवासीय नेपाली सोसल क्लब ओमानको पाँचौ महाधिवेशन भव्य रूपमा सम्पन्न भएकाे छ । हिजाे शुक्रवार २८ जुन २०१९ का दिन अाेमानकाे राजधानी मस्कट स्थित अल फलाज होटल दार्सेटमा सम्पन्न अधिवेशन बाट सेवन्त पुर्जा पुनको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरेको छ । क्लब काे प्रमुख संरक्षकमा दिपक श्रेष्ठ र आइसीसी सदस्यमा अजय यादब रहनु भएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको प्रमुख आतिथ्य र निवर्तमान अध्यक्ष दिपक श्रेष्ठकाे सभापतित्वमा सम्पन्न अधिवेशनले सर्वसहमत रूपमा नेतृत्व चयन गर्ने परम्परा लाई यसपालि पनि निरन्तरता दिएको हो ।

यस अवसरमा गैरअावासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव डा. बद्री केसी, सचिव डि बी क्षेत्री, गल्फ संयोजक आरके शर्मा, एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापा, अमेरिका क्षेत्रीय संयोजक गौरीराज जोशी, एन आर एन मध्यपूर्व सहसंयोजक प्रविन गुुरुङ र गोपाल कँडेल, एन आर एन बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहाल, एन आर एन यूएईका अध्यक्ष रमेश श्रेष्ठ सहित विश्वभरिका एन आर एन अगुवाहरुकाे सहभागीता रहेका थियाे । महाधिवेशनमा सहभागीहरुले नयाँ कार्य समितिलाई सफल कार्यकालकाे लागि शुभकामना दिएका थिए । हिजो आयोजित कार्यक्रममा एक समारोहका बीच गैरअावासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नव गठित समितिलाई सपथग्रहण गराएका थिए ।

११ देशका प्रतिनिधीहरू सम्मिलित अधिवेशन बाट अगामी दुई वर्षे कार्यकाल (२०१९-२०२१) सम्मका लागि नयाँ कार्यसमिति चयन भएको र अाेमान बाहिर बाट पाल्नु भएका अामन्त्रित विशेष अतिथिहरूले एन अार एन साेसल क्लब ओमानमा नियुक्त भएका पदाधिकारी हरु लाइ बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।
नया समिति यस प्रकार छन्
अध्यक्षमा:- सेवन्त पुर्जा पुन
प्रथम उपाध्यक्षमा:- पुर्ण बहादुर श्रेष्ठ
द्धितीय उपाध्यक्षमा:- विकल झा
महासचिवमा:- रविन शिल्पकार
सचिवमा:- भरत अधिकारी
कोषाध्यक्षमा:- महेश चौधरी
सहकोषाध्यक्षमा:- रामहरी गिरी
प्रवक्तामा:-राम कुमार तामाङ
युवा संयोजकमा:- फुर्वा लामा
महिला संयोजकमा:-रुपा कार्की
सदस्यहरु
टेकाराम विश्वकर्मा
ललित बास्तोला
लक्ष्मी प्रसाद कोइराला
कुल बहादुर श्रेष्ठ
महेन्द्र तिवारी
राम थोकर तामाङ
सुरेश खडका
सुनु तामाङ
नरेन्द्र बराल
अर्जुन प्रसाद पौडेल
सुसन श्रेष्ठ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन