तमु समाज कुवेतले आयोजना गरेको छैटौ रक्तदान कार्यक्रमको तयारी पुरा , यातायातको नि:शुल्क सुबिधा ।
कुबेत २ जुलाई रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमु समाजद्धारा चलाऊँदै आएको छैटौ रक्तदान अभियान कार्यक्रम आगामी ५ जुलाई २०१९ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना हुने कार्यक्रममा तयारी पुरा भएको जानकारी समाज को अध्यक्ष राजु गुरुङ ले जानकारी दिएका छन् ।
सदाको झैं सामुहिक रुपमा गरिने रक्तदान कार्यक्रम यसपाली पनि कुवेतको जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएकोले सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यस मानविय कार्यमा सहभागी भई कार्यक्रम सफल पारिदिन आयोजक संस्था तमु समाज, कुबेतले सार्वजनिक रुपमा अनुरोध गरेको छ।
छैटौ रक्तदान कार्यक्रम स्थल सम्मा आउन जान को लागि समाज ले कुबेतको बिभिन्न ठाँउ हरु बाट यातायातको नि:शुल्क सुबिधा गरेको छ। जस्तै ११ बजे KFC बस स्टप फाहाहिल ११:१५ बजे सुल्तान सेन्टर बस स्टप मङाफ ११ :३० फ्राइडे होटेल बस स्टप महाबुल्ला ११:४०लण्डन ब्रीज बस स्टप फेन्तास हुँदै सबसालिम हुँदै कार्यक्रम स्थल सम्म यातायातको लागि किरण गुरुङ लाई संपर्क गर्नु होला संम्पर्क गर्नु होला संम्पर्क न:६७७१३६७४ र जिलिब,फर्वानिया,खैतान,को लागि भिम गुरुङ लाई सपर्क गर्नु होला, ११ बजे जिलिब को मखबर बस स्टप,११ :२० बजे फर्वानिया को अल्घानिम अगाडि को बस स्टप,११ :३० बजे खैतन को मेनरोड ब्रीज बस स्टप हुँदै कार्यक्रम स्ठल सम्मका लागि भिम गुरुङ लाई सम्पर्क गर्नु होला संम्पर्क न:५५८११२३५ ,
छैटौ रक्तदान कार्यक्रम लाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी आयोजक तमू समाज कुबेतले हार्दिक अनुरोध गरेको छ।
मिति : ५ जुलाइे २०१९ शुक्रबार
समय : दिनको ठिक ०१.०० बजे
स्थान : सेन्ट्रल ब्लड बैंक, जाब्रिया, कुबेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
