रसुवागढी नाका हुँदै १३ हजार पर्यटक नेपाल भित्रिए
रसुवा – रसुवागढी नाका हुँदै १३ हजार पर्यटक नेपाल भित्रिएका छन् । यो २०१९ जनवरीदेखि जुन मसान्तसम्मको तथ्याङ्क हो । ६ महिनामा १३ हजार ७० पर्यटक नेपाल आएका छन् । जसमा जनवरीमा ८ सय ४२, फेब्रुअरीमा ३ सय ४०, मार्चमा ६ सय ८५, अप्रिलमा १ हजार ४ सय ९१, मेमा ३ हजार ५ सय ३७ र जुनमा ६ हजार ७५ पर्यटक रसुवागढी नाका हुँदै नेपाल आएको रसुवागढी भन्सार कार्यालयको तथ्याङ्क छ ।
पछिल्लो समय रसुवागढी नाकाबाट चिनियाँ तथा अन्य देशका पर्यटक भित्रने तथा बाहिरिने क्रम बढेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि सन् २०१६ देखि चिनियाँ पर्यटक यो नाका हुँदै आउन थालेका थिए् ।
सडक मार्गबाट नेपाल भित्रने मध्ये ७० प्रतिशत चिनियाँ पर्यटकले ओगटेका अध्यागमन अधिकृत विष्णु घर्तीले बताउनुभयो । ‘यो नाकाबाट ५५ देशका पर्यटक आएका छन्, उहाँले भन्नुभयो, तीमध्ये सबैभन्दा बढी चिनियाँ पर्यटक छन् ।’
July 3, 2019 10:05 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला