साउदी अरबमा २०६अौं भानु जयन्ती मनाईदै ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी च्याप्टर र साहित्यिक चाैतारी शाखा साउदी अरबले सयूक्तरुपमा जुलाई १२ तारिख शुक्रबार राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २०६ औं भानु जयन्ती मनाउन गई रहेको छ । साउदी अरब रियादकाे रमाद हाेटेलकाे सभाहलमा मध्यन्ह १२.३० बजेबाट कार्यक्रम सुरु हुन गई रहेको छ । कार्यक्रममा उपस्थित भई नेपाली भाषा र साहित्यका बिभुति भानुभक्तको स्मरण र सम्मान गर्न सबैमा कार्यक्रम अायेजना कमिटीले अनुरोध गरेको छ । राेजगारीकाे सिलसिलामा साउदी अरबमा रही साहित्यमा कलम चलाउदै अाउनु भएका स्रष्टाहरूबाट गजल (महफिल) वाचनकाे समेत कार्यक्रम रहेकाे साहित्यिक चाैतारी शाखा साउदीका अध्यक्ष कविराज शंखरले बताए । सबैमा आफुसँग भएका कथा, कविता, गीत, गजल, निबन्ध तथा अन्य सृजना भएमा सो सहित उपस्थित हुनको लागि च्याप्टरका महासचिव अरुण बेल्बासेले अनुरोध गरेक छन् ।
भाषिक सहजतासहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक, धार्मिक, सामाजिक एवम् नैतिक चेतनाको विकास गर्न पु¥याएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले सामाजिक अगुवाका रूपमा लिने गरेको छ ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्तको जन्मनुभएका आचार्यले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गर्नुभएको थियो । उहाँले ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘वधूशिक्षा’, ‘रामगीता’ तथा दर्जनौँ फुटकर लगायत साहित्यिक कृति पनि प्रकाशित छन् ।
आचार्यले लेख्नुभएका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तककाे रुपमा प्रकाशन गरेर नेपालीहरू बिच प्रचार प्रसार र चिनाएका थिए ।
नेपाली समाजमा एकै पल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्यलगायत विषयलाई समन्वय गर्नुभएका आचार्य मूर्धन्य व्यक्तित्व भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदीका अध्यक्ष नमराज लामिछानेले बताए ।
July 6, 2019 11:00 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन