Saturday 18th May 2024

अलकासिममा श्रमिक सुरक्षा,सचेतता तथा स्वास्थ परिक्षण कार्यक्रम सम्पन्न ।

5 years अगाडी

गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमको संयोजकत्वमा नेपाली राजदुतावास रियाद साउदी अरब द्वारा आयोजित श्रमिक सुरक्षा,सचेतता तथा स्वास्थ परिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कारणबस पुर्ब सुचित स्थान (सुल्ताना कम्पनी)मा नभएर बुरैदा हाइपर पाण्डा नजिक इस्तराहमा संचालित उक्त कार्यक्रमको सभापतित्व नेपाली राजदुतावास रियादका नियोग उपप्रमुख दिलिपकुमार पौडेलले गर्नु भएको थियो।

उक्त कार्यक्रमको सत्रमा  दूतावासका तर्फवाट द्वितीय सचिव भरत खनालले सहभागी तथा अतिथीहरुलाई स्वागत तथा कार्यक्रमको उद्देश्य लगायतका विषमया जानकारी गराउदै कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

अन्तरक्रिया चरणमा श्रमिकका समस्या र समाधानका उपायहरूका विविध विषयमा श्रम काउन्सेलर अम्विकाप्रसाद अधिकारीले विस्तृतरुपमा प्रस्तुत गर्नुभएको थियो । सहभागीहरूले श्रमिकका सवालहरूमा सक्रियतापूर्वक आफूलाई परेका समस्या, दूतावासले दिने सेवा लगायतका विषयमा अन्तरक्रिया गरेका थिए ।

समापन समारोहमा गैर आवासीय नेपाली संघ¸ राष्ट्रिय समन्वय समितिका सचिव विशाल श्रेष्ठ¸ क्षेत्रीय समन्वय समितिका सल्लाहकार मनिष कोइराला¸प्रवक्ता नुरूलजामा अन्सारी¸ सदस्य काजीमान कन्दङवाले अलकासीम क्षेत्रमा कार्यक्रम सञ्चालन गरेकोमा दूतावासलाई धन्यवाद दिदै दूतावासले देखाएको बाटोमा हिडेमा समस्यालाई धेरै मात्रामा न्यून गर्न सकिने कुरा राख्नु भयो त्यसैगरी कार्यक्रममा बोल्दै नियोग उपप्रमुख श्री पौडेलले साउदी अरवमा आउने नेपाली कामदारका लागि नेपाल सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक लागू गर्न थुप्रै चुनौतिहरुका वावजुत दूतावास प्रतिवद्ध रहेको बताउदै यसमा श्रमिकहरु समेतको महत्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो । न्यूनतम पारिश्रमिक कार्यान्वयनमा सरोकारवालालाई निरन्तर दवाव  र साउदी अरव आउनेहरुमा सचेतना संचार गर्नु आवश्यक भएकोमा उहांको जोड थियो । वैदेशिक रोजगारीमा जांदा बुझाउनुपर्ने सेवा शुल्क तिर्ने विषयमा सरकारको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी कामदारको पनि हो, उहाँले प्रस्ट्याउनु भयो।

७० जना नेपाली दाजुभाइहरुको सकृय सहभागिता रहेको उक्त कार्यक्रममा ५३ जनाले  २ जना भारतिय मेडिकल टोलि द्वारा सामान्य स्वास्थ परिक्षण (ब्लड प्रेसर र सुगर जाच ) गराउनु  भएको थियो। कार्यक्रममै गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समितिको सोधपुछ कक्ष( “Help Desk” ) रहेको थियो जहाँ समितिका सह-सचीव ध्रुब केसि र सदस्य वीर बहादुर तामाङले NRNA को बारेमा जानकार नभएका दाजुभाइहरुलाइ NRNA को बारेमा बताउदै  १० जनालाई संस्थामा आबद्द गराइएको थियोे ।

          July 6, 2019 11:07 pm | प्रवास



प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...