मौसम प्रतिकुल जबरजस्ती चलाउन खोज्दा यती एअरलाइन्सको बिमान काठमाडौ विमानस्थलमै दुर्घटना
काठमाडौ । मौसम प्रतिकुल जबरजस्ती चलाउन खोज्दा यती एअरलाइन्सको बिमान दुर्घटनामा परेको छ । यति एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएको विमानस्थलले जनाएको छ ।
नेपालगन्जबाट आएको यति एअरलाइन्सको एएमएम एटीआर ७२ विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको तर ठूलो दुर्घटनाबाट भने बचेको जनाइएको छ । विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीका अनुसार बिमान चिप्लिए पनि सबै यात्रुहरू सकुशल छन्। विमान हटाउने लगायतका कामका लागि अहिले विमानस्थल बन्द छ। रनवे मा दमकल तथा एम्बुलेन्स देखिएको छ।
प्रवक्ता तिवारीका अनुसार अहिले जहाजमा भएको क्षति अनुगमनको काम भइरहेको छ। त्यसपछि मात्र विमानस्थल खुल्ने छ । ६६ यात्रु बोकेको यतिको एटीआर विमान दुर्घटना हुँदा दुई जनाको अवस्था गम्भीर रहेको छ । कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा ’डेल्टा’ नामको ट्याक्सीवे नजिककै धावनमार्गबाट चिप्लिएको हो ।
उनीहरुलाई उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल पठाइएको छ । अहिले आपतकालीन संयन्त्रलाई सुचालु गरेर उद्धार कार्य भइरहेको विमानस्थल प्रवक्ता तिवारीले जानकारी दिनुभयो ।
July 12, 2019 12:44 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला