Saturday 18th May 2024

एनआरएनए साउदी अरबले १२अौंं वार्षिकोत्सब समारोह भव्य रुपमा सम्पन्न गर्यो

5 years अगाडी

गैर आवासीय नेपाली संघ साउदी अरब अरबले आफ्नो १२ औं वार्षिकोत्सव जेद्धा स्थित अलहयात जेद्दा कन्टिनेन्टल होटेलमा सम्पन्न गरेको छ । आफ्नो स्थापनाकालको बाह्र वर्ष पुरा गरेको अवसरमा संघले हिजो १२ जुलाइ, शुक्रवार विशेष समारोह कार्यक्रम गरि भव्यताका साथ वार्षिकोत्सव मनाएको हो ।

सन २००७ मा विधिवत रूपमा स्थापना गरिएको संस्था हाल साउदी अरबमा सबैको साझा सामाजिक संस्थाको रुपमा परिचित छ ।विशेषत बैदेशिक रोजगारीमा आउने श्रमजीवी नेपालीहरुको हकहित र उनीहरुको समस्या समाधान र न्यूनीकरण गर्न संघले सम्बन्धित निकाय, सरोकारवालाहरु समन्वयकारी भूमिका निर्वाहा गर्दै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पिडितहरुलाइ सहयोग र उद्धार गर्ने काममा सक्रिय हुदै आएको छ ।

गैर आवासीय नेपाली संघ राष्टिय समन्वय परिषद साउदी अरबका अध्यक्ष नारायण पासवानको सभापतित्वमा सम्पन्न कार्यक्रम परिषदका उपाध्यक्ष ध्रुब रिजाल र महासचिव तेज थापाले संयुक्तरुपमा संचल गरेका थिए । नेपाली महाबाणिज्य दुतावासका का.बा. महाबाणिज्यदूत श्री रेवतीरमण पौडेल प्रमुख अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथिहरु बाणिज्यदुत मनहरी दंगाल, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मानार्थ सदस्य राजु सैयद, NRNA ICC सदस्य एवम् वैदेशिक रोजगार तथा आप्रबाशी नेपाली कामदार कल्याण समितिका मध्यपुर्व सह-संयोजक जोन अर्याल, NRNA ICC सदस्य तथा CAARFC मध्यपुर्व Regional Chair धरम के.सी. रहेका थिए । भने अथितिहरु जिजान क्षेत्रीय समितिका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, जेद्दा क्षेत्रीय समन्वय समितिका का.बा. अध्यक्ष राज कुमार गिरी, तमु धि जेद्दाका अध्यक्ष बेद कुमार गुरुंग, नेपाल तामांग घेदुंग जेद्दाका अध्यक्ष दिल बहादुर थिंग, नेपाली सेवा समाज जेद्दाका अध्यक्ष दिनेश क्षेत्री, जेद्दा समन्वय समितिका संयोजक पूर्ण बहादुर कार्की, कि.रा.या. का सचिव गुराँस राइ, हेल्प मधेशी साउदी अरबका सचिव मुनिर रैन, नेपाली युवा कल्बका अध्यक्ष कृष्ण भट्टराई, संरक्षक दुर्गा बिक र वित्तीय संस्थाका प्रतिनिधि सैलेन्द्र चौधरी थिए भने बिद्धिजिवी, समाजसेवी लगायत नेपाली जनसमुदायहरूको बाक्लो उपस्थिति रहेको थियो ।

पुर्व निर्धारित समय भन्दा केहि ढिला १ बजे देखि दिप प्रज्वलन गर्दै सभापति, प्रमुख अतिथि, विशिष्ट अतिथि एवम् अतिथिहरु द्वारा केक काटी बाह्रौ वार्षिकोत्सव कार्यक्रम औपचारिक रुपमा सुरु भएको थियो भने बेलुका ७:३० बजे समापन भएको थियो ।पहिलो चरणको कार्यक्रम अन्तरगत बार्हौ वार्षिकोत्सवमा आमन्त्रित सम्पूर्ण महानुभावहरुलाई परिषदका उपाध्यक्ष ध्रुब रिजालले आफ्नो स्वागत मन्तब्य द्वारा स्वागत गरेका थिए त्यसैगरि संस्थाको बार्षिक कार्यप्रगति विवरण परिषदका महासचिव तेज थापाले सुनाएका थिए भने संस्थाको आर्थिक प्रतिवेदन परिषदका सदस्य रोशन श्रेष्ठले पढेर सुनाएका थिए ।

दोस्रो चरणको कार्यक्रम अन्तगत अतिथिहरुको शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि का.बा. महाबाणिज्यदूत रेवतीरमण पौडेलले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदमा साउदी अरबको उपस्थिति बाक्लो बनाउनु पर्ने, एनआरएन साउदी अरबले एउटा यस्तो आर्थिक कोषको स्थापना गरोस जुन कोषको उद्देश्य बैदेशिक रोजगारीमा आएर बिदेशी भूमिमा ज्यान गुमाउने श्रमिक नेपालीहरुका बालबालिकाहरुलाई आवासीय विद्यालयमा छात्रवृत्तिमा पठनपाठन गराउन सकोस साथै नेपाल सरकारले भर्खरै ल्याएको सामाजिक सुरक्षा कार्यक्रममा नेपालका श्रमिकहरु लाइ मात्र नभएर बैदेशिक रोजगारीमा आउने नेपालीहरुलाइ पनि समावेश गराउन एनआरएनले नेपाल सरकार संग संस्थागत पहल गर्नु पर्ने कुरा भन्नुहुदै अरसीसी जेद्दाको पाँचौ अधिबेशन द्वारा निर्वाचित हुने नवनिर्वाचित पदाधिकारीहरु लाइ सफल कार्यकालको लागि अग्रिम शुभकामना दिनु भएको थियोे  ।

शुभकामना कै क्रममा विशिष्ट अतिथि बाणिज्यदुत मनहरी दंगालले एनआरएनले महाबाणिज्य दुताबासको सहकार्यमा विभिन्न सामाजिक क्रियाकलाप, जनस्वास्थ्य संग सम्बन्धित जनचेतना मुलक कार्यक्रमहरु गर्दै श्रमिक नेपालीहरुको हितमा सदैव अग्रास्थान रहदै आएकोमा मुक्तकण्ठले प्रशंशा गर्नु भएको थियो । त्यसै गरी बाँकि अतिथिहरु ले पनि एनआरएनले श्रमिक हितको लागी खेलेको भूमिकाको बारेमा बोल्नु भएको थियो ।

सोहि वार्षिकोत्सव समारोह कार्यक्रमका दौरान नेपाली महाबाणिज्य दुतावासका बाणिज्यदुत मनहरी दंगालज्युको संस्थागत विदाइ कार्यक्रम समेत गरिएको थियो । बाणिज्यदुत दंगाल आफ्नो चार वर्षको कार्यकाल समाप्त गरेर नेपाल फर्कदै हुनुहुन्छ । दंगाललाइ सभापति र प्रमुख अतिथिले दोसल्ला ओढाई प्रशंशा पत्र हस्तान्तरण गरिएको थियो भने उपस्थित अथिति लगायत सहभागि जनसमुदायहरूले खादा लगाई बिदाई गरेको गरेका थिए ।

वार्षिकोत्सव कार्यक्रमको अन्त्यमा सभापति एनआरएन साउदी अरका अध्यक्ष नारायण पासवानले एनआरएन सदैव श्रमिकको हकहितमा समर्पित एक सामाजिक संस्था भएको बताए साथै बैदेशिक रोजगारीको क्रममा पिडित नेपालीको सहयोगमा साउदी अरबको जुनसुकै कुनामा भएपनि सहयोग उपलब्ध गराउन सक्षम रहेको जाकारी गराउदै कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैमा धन्यवाद व्यक्त गर्दै बाह्रौ वार्षिकोत्सव समापन भएको घोषणा गर्नु भयो ।

वार्षिकोत्सव समापनको घोषणा पश्चात त्यसै हालमा एनआरएन क्षेत्रीय समन्वय समिति जेद्दाको पाँचौ अधिवेशन सुरु भएको थियो जुन समितिका का.बा. अध्यक्ष राजकुमार गिरीको सभापतित्वमा सम्पन्न भएको थियो भने आरसीसी जेद्दाका कार्यप्रगति विवरण समितिका सचिव चेतनाथ निरौलाले प्रस्तुत गरेका थिए । त्यस्तै आर्थिक बिवरण समितिका कोषाध्यक्ष राजेश काफ्ले ले सुनाएका थिए । पदाधिकारीहरु को हौसला बढाउन योगदानको आधारमा प्रोत्साहन स्वरूप क्षेत्रीय NRNA वर्ष व्यक्तिको उपाधि समितिका सहसचिव रुद्र गिरीलाइ एनआरएन अध्यक्ष नारायण पासवान, प्रमुख अतिथिले संयुक्त रुपमा प्रदान गरेका थिए ।

आरसीसी जेद्दाका पाँचौ अधिवेशनका सभापति राजकुमार गिरीले १७-१९ को समिति बिघटन भएको घोषणा गर्नु लगतै निर्वाचन कमिटिका संयोजक सन्तोष लुइँटेलले १९-२१ कार्यकालका लागि उम्मेदवारहरु को सुची पेश गरेका थिए, उक्त सूचीमा कसै उपर दाबिबिरोध नपरेपछि सबै उम्मेदवार निर्बिरोध निर्वाचित भएको घोषणा गरिएको थियो । एनआरएन साउदीका अध्यक्ष नारायण पासवानले निर्वाचित सम्पूर्ण पदाधिकारीहरु लाइ सपथग्रहण गरेका थिए ।

अन्तमा नव निर्वाचित आरसीसी जेद्दाका अध्यक्ष राजकुमार गिरीले समितिको भावी कार्ययोजना प्रस्तुत गर्दै कार्यक्रम समापन गरेको थियो ।कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा केहि मनोरंजनात्मक गीतसंगीतहरु पनि प्रस्तुत गरिएको थियो भने मिडिया पार्टन समेत रहेको डिसी नेपाल गल्फ़ले कार्यक्रमलाइ प्रत्यक्ष प्रसारण गरेको थियो ।

          July 14, 2019 10:41 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...