महिलाले चाहिनेभन्दा धेरै पढेपछि
काठमाडौं। पढाइको कुनै सीमा हुँदैन । विश्वविद्यालयको डिग्रीको सीमा भए पनि ज्ञान असीमित हुन्छ र कहिल्यै पढाइ पूरा भयो भन्ने दिन आउँदैन । तर, उक महिलालाई भने उनको पढाइ चाहिनेभन्दा धेरै भएका कारण समस्या परेको भारतीय मिडिया आजतकले लेखेको छ । यी महिला भारतको चेन्नइकी हुन् । यी महिलालाई अदालतले पनि न्याय दिएन ।
महिलाले चेन्नइ मेट्रो रेल लिमिटेडमा जागिरको लागि निवेदन दिएकी थिइन् । उनले ट्रेन अपरेटर, स्टेशन कन्ट्रोलर, जुनियर इन्जिनियर पदका लागि आवेदन दिएकी थिइन् । तर, उनको योग्यता चाहिने भन्दा बढी भएको भन्दै आवेदन खारेज गरियो । यो निर्णयलाई चुनौती दिँदै उनले अदालतमा निवेदन दिइन् । तर, अदालतले पनि उनको निवेदन ‘उनको योग्यता आवश्यकताभन्दा बढी भएको’ भन्दै खारेज गरिदियो ।
यी सबै पदका लागि शैक्षिक योग्यता इन्जिनियरिङमा डिप्लोमा निर्धारण गरिएको थियो । ती महिला भने बीइ ग्रयाजुएट हुन् । महिलाले १ फेब्रुअरी २०१३ मा जागिरका लागि आवेदन दिएकी थिइन् । सोही वर्षको ३१ मार्चमा भएको अनलाइन परीक्षा उनले सफलतापूर्वका पास गरिन् । यो पदको लागि न्यूनतम योग्यता डिप्लोमा थियो तर महिलासँग इन्जिनियरिङको डिग्री थियो । यो पदका लागि भएको विज्ञापनमा अधिक योग्यता भएका व्यक्तिले आवेदन दिन नपाउने उल्लेख थियो ।
July 17, 2019 11:25 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला