फलफूल तथा तरकारी खानुअघि ध्यान दिनैपर्ने कुरा
विशेषगरी फल तथा तरकारीमा डीडीटी, एचसीएच, एन्डासुलफोन, सिन्थेटिक फिरियथाइराइड, आदि दूषित पदार्थ हुन्छन् र यिनले रगतलाई दूषित बनाउँछन् । त्यसैले बालबालिकाहरूमा मस्तिष्कको क्यान्सर हुन सक्छ । महिलाहरूमा पनि छातीको क्यान्सरको सम्भावना रहन्छ ।
आँप: अहिले आँको सिजन छ । बजारभरी थरि-थरिका आँप उपलब्ध छन् । यद्यपि, हामीले खाने ती आँपहरुलाई प्राकृतिक रुपमै पाकेका हुन् कि जबर्जस्ती पकाइएको हो भन्ने कुरामा ध्यान दिनु पर्छ ।
आँका पारखीहरु त्यसको रंग हेरेरै खान योग्छ छ कि छैन भन्ने कुरा पत्ता लगाइदिन्छन् । आँपलाई जबर्जस्ती पकाउनका लागि क्याल्सियम कार्वाइड नामक विषादीको प्रयोग गरिन्छ । त्यसैले उक्त विषादीबाट बच्नका लागि हामीले काँचैं आँप किन्न सक्छौं । काँचो आँप किनेर घरमा ल्याएपछि त्यसलाई चामलको बोरा अथवा पत्रिकाले बेरेर अँध्यारो ठाउँमा राख्ने हो भने केही दिनपछि आफैं पाक्छ ।
स्याउ: हरेक दिन एउटा स्याउ खानुलाई स्वस्थकर मानिन्छ, तर हामीले खाने स्याउ नै विषादीरहित हुनु अनिवार्य छ । स्याउलाई विषादीरहित बनाउने उपाय अति नै सरल छ । स्याउ खानुअघि त्यसको बोक्रालाई तासेर फालिदिने हो भने उक्त स्याउ विषादीरहित हुन्छ ।
आलु: आलुको बोक्रा तासेर राम्ररी धुनुपर्छ । त्यसरी धोएको आलुलाई काटेपछि कम्तीमा पानीमा २० मिनेट भिजाएर राख्नु पर्छ । त्यसपछि पुनः एक पटक राम्ररी पखालेर पकाउनुपर्छ ।
गोलभेंडा: काँचो गोलभेंडा खानु राम्रो मानिंदैन । खानै परेमा राम्ररी धोएर मात्र खानु पर्छ । विषादी मिसाइएको गोलभेंडा त काँचै खानै हुँदैन । त्यसैले सकेसम्म गोलभेंडालाई पकाएर मात्र खाने गर्नुपर्छ ।
पालुङ्गो: पालुंगोमा पनि पेस्टिसाइडको मात्रा बढी हुन्छ । त्यसैले पालुङ्गो पकाउनुभन्दा अघि पानीमा राम्ररी पखाल्नु पर्छ । पानीमा पखालेपछि पानी सुख्खा भएपछि त्यसलाई मसिनो टुक्रा पारेर पकाउनु पर्छ ।
गाजर: काँचो गाजर खानुभन्दा अघि सफा पानीले राम्ररी पखाल्नु पर्छ । गाजरलाई पखालेपछि तास्न पनि सकिन्छ । यदि गाजरलाई पकाउने हो भने केही समय नुन पानीमा डुबाउन पनि सकिन्छ ।
भन्टा: बजारमा पाइने चिल्लो खालको भन्टा स्वस्थकर हुँदैन । त्यसमा कार्बोफ्लुराइन नामक रसायन प्रयोग गरेर त्यसलाई चम्किलो बनाइएको हुन्छ । त्यस्तो भन्टा नकिन्नु नै उपयुक्त हुन्छ । यदि किनिसकेका छौं भने पानीमा राम्ररी पखालेर चर्को आँचमा पकाउनु पर्छ ।
बन्दाकोभी: बन्दाकोभीमा बर्खे किरा परेको हुनसक्छ । त्यसैले बन्दाकोभी पकाउँदा बाहिरी आवरणका पातहरुलाई झिकेर फाल्नु पर्छ । बाहिरी आवरणमा विषादीको प्रयोग भएको हुनसक्छ । बाहिरी पात फालेपछि बन्दाकोभीलाई पाँच-छ टुक्रा बनाएर नुनपानीमा केही समय डुबाउनु पर्छ । त्यसपछि पानीबाट बाहिर निकालेर मसिनो टुक्रा पारेर पकाउँदा उक्त बन्दा स्वस्थकर हुन्छ ।
July 19, 2019 11:03 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला