चेतावनी : पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्, मसीमा हुन्छ यस्तो डरलाग्दो रसायन ?
काठमाडौं । पत्रपत्रिका वा कागजमा मिठाईहरु राखेर खाने अहिले धेरैको बानी हुन्छ । के गाउँ के सहर प्रायः ठाउँमा पसलेहरू चटपटे, समोसा, पकौडा, पुरी, जेरी, मिठाईजस्ता खानेकुरा अखबारमा बेरेर दिने गर्छन् । अर्कातिर, धेरै व्यक्ति घरमा खाना प्याक गर्न पनि अखबारै प्रयोग गर्ने गर्दछन् । तारेका, भुटेका खाद्य पदार्थको तेल सोसियोस् भनेर पनि अखबारमा ती चीज राख्ने गरिन्छ । तर एउटा कुन कुरा हामीले एउटा के कुरा ख्याल गर्नुपर्छ भने अखबारमा राखिएको कुनै पनि खाद्यपदार्थ हाम्रो स्वास्थ्यका लागि निकै धेरै जोखिमपूर्ण हुन्छ ।
यो अभ्यासलाई रोक्न हाम्रो मुलुकमा कुनै कानुनी व्यवस्था गरिएको नपाइए पनि भारतमा त्यहाँको सरकार यसप्रति निकै गम्भीर भएको छ । भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरण (ईएफएसएसएआई) ले हालै एडभाइजरी जारी गर्दै अखबारमा बेरिएका खाद्यपदार्थ सेवनलाई स्वास्थ्यका लागि खतरनाक बताउँदै भारतीय नागरिकलाई यसप्रति सचेत गराएको हो । अखबारलाई थालका रूपमा उपयोग गर्दा क्यान्सर लगायत हुने खतरा बढछ ।
पेटसम्बन्धी समस्या, उच्च रक्तचाप, मृगौलाको रोग हुने जोखिममा समेत वृद्घि हुन्छ । यस्ता खानेकुराले बालबालिका र बूढापाका बढी प्रभावित हुन्छन्, किनकि उनीहरूमा रोगसँग लड्ने क्षमता कम हुन्छ । अखबारमा समाचार वा फोटो छाप्न जुन मसीको उपयोग हुन्छ, त्यसमा डाई, पिग्मेन्टस, अल्कोहल, आइसोब्युटाल फटालेट, प्रिजरभेटिभ, ग्रेफाइट, डाइएन आइसोब्युटाइलेट जस्ता रसायन हुन्छन् । यी सबै रसायन निकै खतरनाक हुन्छन् ।
यिनको थोरै अंशले पनि तपाईं हाम्रो शरीरमा क्यान्सरजस्तो घातक रोग उत्पन्न गर्न सक्छ । अखबारमा राखिएका खाद्यपदार्थ सेवन गर्दा पाचन प्रणाली पनि प्रभावित हुन्छ । अखबारको मसीमा हुने रसायनले गर्दा हाम्रो पाचन प्रणालीमा प्रतिकूल असर पर्छ ।अर्को कुरा, अखबारमा उपयोग गरिने मसी सुकाउन जुन रसायन प्रयोग गरिन्छ, त्यो तैलीय खाद्यपदार्थसँग टाँसिन्छ र खानाका माध्यमले हाम्रो पेटमा पुग्छ । यसले गर्दा फोक्सो र मूत्राशयको क्यान्सर हुने जोखिम बढ्छ । एजेन्सी
July 20, 2019 12:46 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला