एनसीसी कुवेतको युवा संयाेजक पदबाट बुद्धिमान तामाङको उम्मेदवारी फिर्ता
कुवेत -गैर अावासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको अागामी कार्यकाल २०१९-२०२१ को लागि युवा संयाेजक पदमा उम्मेदवारि दिएका बुद्धिमान तामाङले अाफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एनसीसी कुवेतको निर्वाचन समितिले एक सूचना जारी गरि युवा संयाेजक पदका उम्मेदवार वुद्धिमान तामाङले उम्मेदवारी फिर्ता लिएको जनाएको हो ।
एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने नयाँ कार्य समितिको लागि निर्वाचन समितिले गत २० जुलाइ २०१९ को दिन उम्मेदवारी दिने मिति घोषणा गरेकोमा युवा संयोजक पदको लागि बुद्धिमान तामाङ र नबराज पराजुलीको उम्मेदवारी परेको थियो ।
निर्वाचन समितिले मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाइ उम्मेदवारी फिर्ता गर्न अाज सम्मको समय दिएको थियो । यस बिचमा युवा संयाेजक पदका अर्का प्रत्यासी उम्मेदवार नबराज पराजुलीलाइ समर्थन गरी बुद्धिमान तामाङले उम्मेदवारी फिर्ता लिए पछि युवा संयाेजक पदका अर्का प्रत्यासी नबराज पराजुली अागामी कार्यकालका लागि युवा संयोजक पदका लागि सर्वसम्मत भएका हुन् ।
स्मरण रहोस एनअारएनए एनसीसी कुवेतको छैटाै राष्ट्रिय महाधिवेशन अागामी २ अगष्ट २०१९ तारिक शुक्रबारका दिन कुवेतको मालिया सिटी स्थित IN & GO Hotel मा हुँदैछ ।
July 26, 2019 1:25 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन