ग्लोबल छनोटमा पुग्न सिंगापुरले नेपाललाई दियो १ सय ९२ रनको विशाल लक्ष्य
युवा खेलाडी टिम डेविडले उत्कृष्ट प्रर्दशन गरेपछि आईसीसी टि२० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत अन्तिम खेलमा सिंगापुरले नेपाललाई १ सय ९२ रनको विशाल लक्ष्य दिएको छ ।टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९१ रन बनायो । नेपालले टी २० आईमा पाएको यो हालसम्मकै उच्च लक्ष्य समेत हो उसका लागि खेलाडी युवा टिम डेविडले ७७ रनको महत्वपूर्ण योगदान दिए । १८ ओभरको दोस्रो बलमा अभिनाष बोहोराले ज्ञानेन्द्र मल्लबाट क्याच आउट गराउनु अघि डेविडले ४३ बलमा ८ चौका ३ छक्का प्रहार ।
करण केसीलाई दोस्रो ओभरमा दास्रो र तेस्रो बलमा लगातार चौका प्रहार गरेका सिंगापुरका ओपनर सुरेन्द्रन चन्द्रमोहन चौथौ बलमा भने ठूलो सट खेल्ने धुनमा ज्ञानेन्द्र मल्लबाट ८ रनमा क्याच आउट हुन पुगेका थिए ।तर रोहन रङ्गराजन र टिम डेविडले दोस्रो विकेटका लागि ८९ रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफल तर्फ लम्काएका थिए । यी दुईबीचमो साझेदारी ११ औं ओभरको चौथो बलमा अभिनाष बोहोराले रोहनलाई शरद भेषवाकरबाट ४९ रनमा क्याच आउट गराउँदै तोडेका थिए । रोहनले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे
तेस्रो विकेटका लागि डेविडले मनाप्रित सिंहसँग ६६ रनको साझेदारी गरेपछि सिंगापुरले विशाल योगफल तयार पारेको हो । सिंहले २७ बलमा ३ चौका र २ छक्का सहित ४२ रनमा क्याच आउट भए ।नेपालका लागि अभिनाष बोहोराले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । करण केसीको नाममा विकेट रह्यो । करण केसीले ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । शरद भेषवाकर, सन्दीप लामिछाने, सोमपाल कामी र वसन्त रेग्मी भने विकेट विहीन हुन पुगे ।
July 28, 2019 11:55 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला