भ्यागुत्तापछि गधाको पनि विवाह भयो ! विवाह गर्नुको यस्तो छ धार्मिक कारण ?
काठमाडौं । केही सप्ताह पहिले भ्यागुत्ताको विवाह भएको घटना धेरैलाई याद नै छ । लामो समय वर्षा नभएपछि वर्षाका लागि विवाह गरिएको थियो । यो बीचमा पानीका लागि गधाको विवाह भएको खुल्न आएको छ । पहिले ब्याण्ड बाजा अनि फेरि आतिशबाजीसँगै गधाको एक जोडीको बिहे भएको हो ।
यो सुन्दैमा अनौठो लाग्दछ, तर सत्य घटना हो । छिमेकी मुलुक भारतको तेलंगाना राज्यमा पर्ने बोवनपल्लीस्थित नल्ला पोचम्मा मन्दिरमा हालै हिन्दु रितिरिवाज अनुसार एक जोडी गधाको बिहे गराइएको हो । वास्तवमा तेलंगानामा मानिसहरु कमजोर मनसूनका अनावृष्टिसँग जुधिरहेका छन् । त्यसैले वर्षातको कामना गर्दै उनीहरु यस्ता यस्ता अनुष्ठानहरु गर्न थालेका छन् ।
गधाको बिहे गरिदिएपछि जलदेवता खुसी हुने र भारी वर्षात् हुने विश्वास मानिसहरुमा छ । चार वर्ष पहिले पनि त्यहाँ गधाको बिहेपछि पानी परेको थियो । यो पटक पनि गधाको बिहेले वर्षा हुने विश्वास उनीहरुमा छ । गाउँलेहरुका अनुसार द्धावापर युगमा कृष्ण भगवानका पिताले समस्याबाट पार पाउनका लागि गधाको पाउ छोएका थिए । सोही किम्बदन्तीका आधारमा गधाको पाउ छोएर कन्यादान गरेमा शुभ हुने र समस्या हट्ने आम विश्वास छ ।
July 28, 2019 12:01 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला