Friday 26th April 2024

भ्यागुत्तापछि गधाको पनि विवाह भयो ! विवाह गर्नुको यस्तो छ धार्मिक कारण ?

5 years अगाडी

काठमाडौं । केही सप्ताह पहिले भ्यागुत्ताको विवाह भएको घटना धेरैलाई याद नै छ । लामो समय वर्षा नभएपछि वर्षाका लागि विवाह गरिएको थियो । यो बीचमा पानीका लागि गधाको विवाह भएको खुल्न आएको छ । पहिले ब्याण्ड बाजा अनि फेरि आतिशबाजीसँगै गधाको एक जोडीको बिहे भएको हो ।

यो सुन्दैमा अनौठो लाग्दछ, तर सत्य घटना हो । छिमेकी मुलुक भारतको तेलंगाना राज्यमा पर्ने बोवनपल्लीस्थित नल्ला पोचम्मा मन्दिरमा हालै हिन्दु रितिरिवाज अनुसार एक जोडी गधाको बिहे गराइएको हो । वास्तवमा तेलंगानामा मानिसहरु कमजोर मनसूनका अनावृष्टिसँग जुधिरहेका छन् । त्यसैले वर्षातको कामना गर्दै उनीहरु यस्ता यस्ता अनुष्ठानहरु गर्न थालेका छन् ।

गधाको बिहे गरिदिएपछि जलदेवता खुसी हुने र भारी वर्षात् हुने विश्वास मानिसहरुमा छ । चार वर्ष पहिले पनि त्यहाँ गधाको बिहेपछि पानी परेको थियो । यो पटक पनि गधाको बिहेले वर्षा हुने विश्वास उनीहरुमा छ । गाउँलेहरुका अनुसार द्धावापर युगमा कृष्ण भगवानका पिताले समस्याबाट पार पाउनका लागि गधाको पाउ छोएका थिए । सोही किम्बदन्तीका आधारमा गधाको पाउ छोएर कन्यादान गरेमा शुभ हुने र समस्या हट्ने आम विश्वास छ ।

          July 28, 2019 12:01 pm | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...