मालिककी छोरी बचाउन सर्पसँग लडे दुई कुकुर, दिए आफ्नै बलिदान !
काठमाडौं । आफ्नो मालिककी छोरीलाई बचाउन विषालु सर्पसँग लडाइँ गरिरहेका दुई कुकुरको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । सामाजिक संजालमा भाइरल भएको यस भिडियोमा एक कालो कुकुर र अर्को सेतो कुकुर सर्पलाई पालै-पालो टोकिरहेको देखिन्छन् भने सर्प पनि दुवै कुकुरलाई आक्रमण गरिरहेको देखिन्छ ।अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार भिडियो फिलिपिन्सको कुडापवन शहरको हो ।
स्थानीय जाईमी सेलिम आफ्नी छोरीलाई घरमै छाडेर श्रीमतीसँग गत शुक्रबार बाहिर गएका थिए । त्यहि क्रममा एक सर्प गेटबाट बगैंचा हुँदै बच्ची सुतिरहेको तर्फ अगाडी बढ्यो । तत्कालै कुकुरहरु भुक्न थाले अनि सर्प माथि आक्रमणमा उत्रिए । दुई कुकुर र सर्प बीच लगभग २ मिनेट जति भिडन्त भयो । कुकुरहरुले टोकेको कारण सर्पको मृत्यु भयो ।
१ कुकुरको मृत्यु, अर्को अन्धो भिडन्तको क्रममा कालो कुकुर मोक्सीलाई सर्पले कयौं पटक डसेको थियो । जस कारण सर्पको मृत्यु भएको केहि समयमा मोक्सीको पनि मृत्यु भयो । यस्तैसर्पले छाडेको विष आँखामा परेर अर्को सेतो कुकुर माइले अन्धो भयो । कुकुरहरु आफ्नो मालिक प्रति ज्यादै बफादार हुने कुरामा कुनै दुई मत छैन । कुकुरका मालिक जाईमीका अनुसार कुकुरहरुको बफादारीकै कारण उनकी छोरी बचेकी हुन् ।
July 28, 2019 3:13 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला