एनआरएनए एनसिसि कुवेतको छैटौं राष्ट्रिय महाधिवेशनको तयारी पुरा।
कुवेत -गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी ०२ अगष्ट २०१९ मा कुवेत सिटी स्थित INN & Go होटलको सभाहलमा आयोजना हुन गईरहेको आसन्न छैटौं राष्ट्रिय महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक हरि लावतीले जानकारी दिएका छन् ।
उक्त महाधिवेशनले एनसिसि कुवेतको नया कार्यकाल २०१९/२०२१ को लागि नया कार्यसमिति चयन गर्नेछ । कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै पंजिकृत सदस्य सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुचना तथा निमन्त्रणा पठाई सकिएको छ यदि प्राविधिक कारणले जानकारी/निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतले हार्दिक अनुरोध गरेको छ । साथै उपस्थितले अनिवार्य पञ्जिकृति सदस्य भरेको हुनुपर्नेछ ।
मिति : ०२ अगष्ट २०१९
समय : मध्यान्ह १२:०० बजे
स्थान : INN & Go Kuwait Plaza Hotel,
Fahed Al-Salam Street, Kuwait City.
हरि लावती
कार्यक्रम संयोजक
गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेत ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन