‘हेग लगेर मलाई केही फरक पर्ने वाला छैन, हेग लगे भने त म झन विश्वकै हिरो भएर निस्कन्छु’ –प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अन्तराष्ट्रिय अदालतमा पुर्याइएपनि केही फरक नपर्ने बताउनुभएको छ । आफूलाई हेग लैजाने र एक दिन भएपनि जेल हाल्ने भनेर गरिएको प्रचार डिजाइन अनुसार भएको दाबी गदै उहाँले भन्नुभयो,–‘हेग लगेर मलाई केही फरक पर्ने वाला छैन, हेग लगे भने त म झन विश्वकै हिरो भएर निस्कन्छु ।’सोमबार ललितपुरस्थित आफ्नै निवासमा विप्लव समूह छाडेर आएका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले लोकातान्त्रिक गणतन्त्र ल्याउने पार्टी, त्यसका नेताहरुलाई बदनाम गर्न पाइयो भने यसलाई उल्ट्याउन सकिन्थ्यो भनेर आजभोलि अलि बढी फोकस गरेर आफूहरु विरुद्ध षडयन्त्र र प्रचार गर्ने प्रयास भएको बताउनुभयो ।
अन्तर्राष्ट्रिय अदालतमा लगेर प्रचण्डलाई झुण्ड्याउने भनेर प्रचार गर्दै केही हिँडेको भन्दै प्रचण्डले परिवर्तन नचाहने तत्वको काम भएको टिप्पणी गरे ।गर्नुभयो ।उहाँले भन्नुभयो,–‘हेग लगे संसारभरिका जनताले आफूलाई यो त न्यायको पक्षमा रहेछ, शान्तिको पक्षमा रहेछ भनेर मलाई एकैपटक चिन्छन्। त्यो मेरो लागि गर्वको कुरा हुन्छ तर ’ मलाई यिनीहरुले लान्छन् र विश्वको हिरो बनाउँछन् भन्ने लाग्दैन ।’लोकतन्त्र र संघीय गणतन्त्र रहँदासम्म कोही कमजोर नहुने उहाँको भनाइ थियो । देश र जनतालाई माया गर्नेहरु एक ठाउँमा जम्मा भएर यसको रक्षा गर्नुपर्ने प्रचण्डले बताउनुभयो ।
July 30, 2019 7:05 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला